महेन्द्र विरही
नारीलाई नारीले नै ढाल्या खबर सनसनी छ
जानी जानी सौता बन्न थाल्या खबर सनसनी छ
स्कुल गा ‘कि छोरी घरमा नफर्केर लोकतन्त्रमा
घाँटी रेटी बाँसघारीमा फाल्या खबर सनसनी छ
लगाएर बोक्सी आरोप गरिब निर्धा आमालाई
समातेर जीउमा तेजाव हाल्या खबर सनसनी छ
निर्मम लात बुहारीलाई दाइजो निहुँमा मध्यराति
पेट्रोलखन्याई जिउँदै आगो बाल्या खबर सनसनीछ
लालाबाला काखीच्यापी घरछोडेकी एक्ली नारी
माईखोलामा रुँदै बालुवा चाल्या खबर सनसनी छ
(विरही फरक अायामका अभियन्ता हुन ।)