Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

तीनवटा प्रदेशमा उम्मेदवारी दर्ता दुई दिन सारियो, प्रदेश २ को चुनाव असोज २ गते

तीनवटा प्रदेशमा उम्मेदवारी दर्ता दुई दिन सारियो, प्रदेश २ को चुनाव असोज २ गते

  • लोकल सन्देश
  • बिहिबार, असार १ २०७४


तीनवटा प्रदेशमा उम्मेदवारी दर्ता दुई दिन सारियो,  प्रदेश २ को चुनाव असोज २ गते

काठमाडौं : सरकारले प्रदेश नम्बर २ को चुनाव असोज २ गते गर्ने निर्णय गरेको छ। राष्ट्रिय जनता पार्टीसँगको छलफल र निर्वाचन आयोगसँगको परामर्शपछि सरकारले प्रदेश नम्बर २ का ८ जिल्लाको चुनाव तेस्रो चरणमा असोज २ गते गर्ने निर्णय गरेको हो।

बिहीबार मन्त्रिपरिषदले चुनाव सार्ने औपचारिक निर्णय गर्नुअघि सत्तारुढ दल र राजपाको बैठक बसेको थियो भने प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुसँग छलफल गरेका थिए।

सरकारले दोस्रो चरणमा चुनाव हुने प्रदेश नम्बर १, ५ र ७ मा उम्मेदवारी मनोनयनको मिति पनि सारेको छ। यसअघि असार २ गते मनोनयन गर्ने कार्यतालिका रहे पनि सरकारले निर्वाचन आयोगसँगको छलफलपछि असार ४ गते गर्ने निर्णय गरेको उपप्रधानमन्त्री तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले जानकारी दिए।

‘हामीले राजपासँगको परामर्श र निर्वाचन आयोगसँग सल्लाह गरेर प्रदेश नम्बर १, ५ र ७ मा मनोनयन गर्ने मिति २ दिन सारेका छौं भने प्रदेश नम्बर २ को चुनाव असोज २ गते गर्ने निर्णय गरेका छौं’ उनले भने ‘मनोनयन पछि सारेपछि राजपा चुनावमा आउने अवस्था छ। निर्वाचन आयोगले असन्तुष्टी जनाए पनि सरकारले निर्णय गरिसकेपछि त्यही अनुसार काम गर्नुहुन्छ।’

प्रतिक्रिया
सम्बन्धित समाचार