Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

भारतमा मोदिलाइ नै टक्कर दिँदै झुपडीबाट उदाएका कम्युनिस्ट युवा नेता कन्हैयाकुमार ( भिडियाे सहित)

भारतमा मोदिलाइ नै टक्कर दिँदै झुपडीबाट उदाएका कम्युनिस्ट युवा नेता कन्हैयाकुमार ( भिडियाे सहित)

  • सन्देश सम्वाददाता
  • बिहिबार, चैत्र २८ २०७५


भारतमा मोदिलाइ नै टक्कर दिँदै झुपडीबाट उदाएका कम्युनिस्ट युवा नेता कन्हैयाकुमार ( भिडियाे सहित)

काठमाडौं । भारतमा बिहीबारदेखि हुन गइरहेको लोकसभा चुनावको सरगर्मी बढेको छ । मुख्य प्रतिस्पर्धा सत्तारुढ भारतीय जनता पार्टी भाजपा र कांग्रेस आईबीच नै हुने भएता पनि अन्य दलका पनि केही उम्मेदवार निकै चर्चामा छन्, जसमध्येका एक हुन् बिहारका कम्युनिष्ट उम्मदेवार– कन्हैया कुमार ।

भारतीय राजनीतिमा एक समय अरविन्द केजरीवालको व्यापक चर्चा थियो । अहिले पनि केजरीवाल र उनको आम आदमी पार्टीले भारतीय सत्तारुढ दललाई दिल्लीमा हाराबारा खेलाइरहेकै छ । र, यसैवीच अहिले बिहारमा प्रखर युवा कन्हैया कुमार खडा भएका छन् नरेन्द्र मोदीको पार्टीलाई चुनौती दिन । तर, ती युवाले बेग्लै पार्टी खोलेर नभई कम्युनिष्ट पार्टीको उम्मेदवारका रुपमा बीजेपीलाई वैचारिक चुनौती दिँदैछन् ।

भारतीय कम्युनिष्ट पार्टी (सीपीआई ) बाट बिहारको बगुसरायमा खडा भएका यी युवाले अन्तर्राष्ट्रिय समुदायको समेत ध्यान खिचेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विरुद्ध नारा लगाउँदा उनलाई राष्ट्रद्रोहको मुद्दामा जेल हालिएको थियो । कन्हैया कुमार यतिबेला भाजपा सरकारको साम्प्रदायिक राजनीतिबाट पीडित अल्पसंख्यक भारतीयहरुका लागि एक विद्रोही आवाज बनेका छन् ।

इन्डिया टुडेले हालै कन्हैयाको घरमै पुगेर एउटा भिडियो रिपोर्टिङ गरेको छ, जसबाट उनको पृष्ठभूमि बुझ्न सहयोग मिल्छ । खपडाले छाएको जीर्ण अवस्थाको उनको घरभित्र अहिले पनि दाउरामा खाना पाक्छ । मान्द्रोले बेरिएको भान्सा छ, जहाँ केही टेबुलहरु राखिएका छन् । घरमा एउटा असाध्यै थोत्रो साइकल छ । घरको अवस्था हेर्दा नै कन्हैयाप्रति जो कसैको श्रद्धा जागृत हुन्छ । पीएचडीसम्मको अध्ययन सिध्याएका उनले चाहेमा गतिलो जागिर खाएर मज्जाको लाइफस्टाइल बिचाउन सक्थे । तर, उनी व्यक्तिगत सुख सयलको तृष्णालाई बिर्सेर एउटा निष्ठा र समर्पणको राजनीतिमा होमिएका छन् ।

यस्तो छ कन्हैयाकुमारको पृष्ठभुमि 

सन् १९८७ मा बिहारको बहुसराय जिल्लामा विपन्न किसान परिवारमा जन्मिएका हुन् कन्हैयाकुमार । उनका बुवा जयशंकर सिंह केही वर्षदेखि प्यारालाइसीसबाट थलिएका छन् । आमा मिनादेवी एउटा बालस्याहार केन्द्रमा काम गर्छिन् । दाजु मणिकान्त एउटा प्राइभेट अफिसका जागिरे हुन् । कन्हैया उपल्लो मानिने भूमिहर जातका व्यक्ति हुन् ।

आफ्नो गाउँ नजिक रहेको मस्नापुरस्थित एक विद्यालयमा कन्हैयाले ६ कक्षासम्म पढेका थिए । त्यसपछि बराउनीमा रहेको आरकेसी स्कुलबाट उनले आफ्नो माध्यमिक शिक्षा पूरा गरे । १० कक्षा पास भएपछि उनले छिमेकी गाउँ मोकामामा रहेको आरआर सिंह कलेजमा विज्ञान संकायमा भर्ना भए । त्यहाँ प्रमाणपत्र तहको अध्ययनपछि स्नातक पढ्न पटना गए । २००७ मा कलेज अफ कमर्सबाट उनले भूगोलमा स्नातकतकोत्तर अध्ययन पूरा गरे ।

अन्तमा उनी पीएचडीका लागि जवाहरलाल नेहरु युनिभर्सिटीमा भर्ना भएँ । त्यहाँ अध्ययन गर्ने क्रममा नै उनको जीवनले नयाँ मोड लियो र उनी देशब्यापी चर्चित बने । आमाले कन्हैयालाई प्रोफेसर बनाउन चाहन्थिन् । तर, कलेजका दिनहरुमा कन्हैया राजनीतितर्फ आकृष्ट भए । उनी सन् २००२ मा कम्युनिष्ट पार्टी अफ इन्डिया सीपीआईको विद्यार्थी संगठन एआईएफसीको सदस्य बनेका थिए । पछि उनी इतिहास बदल्दै जेएनयूको विद्यार्थी संगठनको अध्यक्ष भए । एआईएफसीले जेएनयू स्टुडेन्ट यूनियनमा अध्यक्ष जितेको त्यो पहिलोचोटि थियो ।

https://www.youtube.com/watch?v=oyeiuWfmi2Q

प्रतिक्रिया
सम्बन्धित समाचार