Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाममा कथा संग्रह हिउँमझी माथि विमर्श कार्यक्रम

इलाममा कथा संग्रह हिउँमझी माथि विमर्श कार्यक्रम

  • सन्देश सम्वाददाता
  • शुक्रबार, चैत्र १ २०७५


इलाममा कथा संग्रह हिउँमझी माथि विमर्श कार्यक्रम

इलाम । कथाकार वियस राईद्धारा लिखित कथा संग्रह हिउँमझी माथि विमर्श कार्यक्रम फरक आयामको आयोजनामा इलाममा बिहीबार सम्पन्न भएको छ ।

आयामका अभियान्ता खेम साम्पाङ राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मूलरुपमा हिउँमाझी हिमाल आरोहणको यथार्थतामा आधारित कथाका साथै यसमा समाजका सामाजिक, राजनीतिक, साँस्कृतिक पक्षलाई उठान गरिएका कथाहरु समेटिएको सो कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

कथामाथि कवि हाङयुग अज्ञात र कवि जितेन मुस्कानले टिप्पणी गरेका थिए । फरक आयामका अभियान्ता बाबु बलिन्द्रले सहजिकरण गरेको उक्त कार्यक्रममा प्राध्यापक, बुद्धिजीबी, लेखक, कवि, विद्यार्थी लगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार