Local Sandesh आइतबार, साउन १० २०८३
  • ट्रेण्डिङ :

कोशी प्रदेशमा होमस्टे संचालकहरुको सद्भावन भ्रमण (तस्बिरहरु)

कोशी प्रदेशमा होमस्टे संचालकहरुको सद्भावन भ्रमण (तस्बिरहरु)

  • सुजन तिमल्सिना
  • सोमबार, माघ २० २०८२


कोशी प्रदेशमा होमस्टे संचालकहरुको सद्भावन भ्रमण (तस्बिरहरु)
इलाम । कोशी प्रदेशमा भगिनी सम्बन्ध बिस्तारका लागि सद्भावना भ्रमण सम्पन्न भएको छ । अन्तर प्रदेश होमस्टेहरुको भगिनी सम्बन्ध विस्तारका लागि सद्भावना भ्रमण होमस्टे महासंघ कोशी प्रदेशले आयोजना गरेको हो । कार्यक्रममा सहकार्य पर्यटन कार्यालय काँकरभिट्टा झापा र पर्यटन वन तथा वातावरण मन्त्रालय कोशी प्रदेश पर्यटन वर्ष २०८२ को सचिवालयले गरेको थियो ।
पुस ३० गतेबाट माघ ४ गतेसम्म आयोजना भएको कार्यक्रममा देशभरका होमस्टेका प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रमको शुरुवात उदयपुर जिल्लाबाट शुरु भएको थियो । सद्भावना भ्रमणमा भाग लिन आएका होमस्टेकर्मीलाई उदयपुर जिल्लाको बहेडवा सामुदायिक होमस्टेमा स्वागत सत्कार र व्यवस्थापन गरिएको थियो । पर्यटन प्रवद्र्धन र कोशी प्रदेशका पर्यटकीय क्षेत्रको विकास गर्ने उदेश्यले शुरु भएको सद्भावना भ्रमण पुष ३० गते कल्चरल झाँकी सहित भैरवा सामुदायिक होमस्टे र लुम्बिनी प्रदेशको सामुदायिक होमस्टे बीच मितेरी सम्बन्ध कार्यक्रमसँगै अन्तरक्रिया कार्यक्रम गरिएको होमस्टे महासंघ कोशी प्रदेश अध्यक्ष लिला भट्टराईले बताइन् ।
सद्भावना भ्रमण टोलीले उद्घाटनपछि कोशी प्रदेशको प्रसिद्ध धार्मिक स्थल बराह क्षेत्रको अवलोकन गर्दै झापा जिल्ला पुगेको थियो । माघ १ गते झापाको सुरुङ्गा स्थित कन्काई माई नदीमा लाग्ने प्रसिद्ध माइमेलाको अवलोकन गरेको थियो । टोलीले माई मेलाको अवलोकनपछि  झापाको बाहुनडाँगीमा आयोजित अन्तराष्ट्रिय तरुल महत्सवमा सहभागि भएको थियो । टोलीले बाहुनडाँगी यात्राका क्रममा बाटोमा रहेका अन्य पर्यटकीय गन्तव्यहरुको पनि स्थलगत अध्ययन गरेको थियो ।
भ्रमण टोलीलाई पर्यटन कार्यालय झापाले न्यानो सत्कार  गरेको थियो । झापाको भ्रमणपछि पर्यटकीय जिल्ला इलामका पर्यटकीय गन्तव्यहरू कन्याम, श्रीअन्तु हुँदै विभिन्न पर्यटकीय क्षेत्र टोलीले अवलोकन गरेको थियो । टोलीले देशका विभिन्न सामुदायीक होमस्टेहरुले श्रीअन्तुसँग चिनो साटेर भगिनी सम्बन्ध कायम गरेका थिए । श्रीअन्तुमा भ्रमण टोली र पर्यटन व्यवसायीहरु बिच अन्तरक्रिया समेत भएको थियो । अन्तुको भ्रमण पछि प्राकृतिक सुन्दरताको अवलोकन गर्दै करफोक खलङ्गा साुमदायीक होमस्टेको न्यानो आतिथ्यतामा टोली रमाएको थियो ।
सद्भावना भ्रमणका क्रममा नेपालको चियाको इतिहास बोकेको इलामको चिया बगान र कारखाना विश्व रामसार सुचिमा सुचिकृत माईपोखरी लगायतका पर्यटकीय गन्तव्यहरुको भ्रम्रण भएको थियो ।
माईपोखरीमा देउराली सामुदायिक होमस्टेबाट आतिथ्य सत्कारसँगै शेर्पा राईको झाँकी सहित हामीले मायाको चिनो साट्ने र अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । टोलीले धार्मिक, ऐतिहासिक विश्व सम्पदामा सूचिकृत माईपोखरीको दृश्य अवलोकनसँगै पदयात्रा गरेको हो ।
इलामका पर्यटकीय क्षेत्र र ग्रामीण क्षेत्रमा पर्यटकलाई सेवा प्रदान गरेका होमस्टेसँगको भगिनी सम्बन्ध कायम राख्दै सद्भावना भ्रमणको टोली पाँचथर प्रस्थान गरेको थियो । टोलीले पाँचथरको बतासे सामुदायिक होमस्टेमा राई जातिको सस्कृतिको अवलोकनसँगै मितेरी सम्बन्ध कायम गरेको हो ।
सद्भावना भ्रमण टोलीले ताप्लेजुङ्गको गुम्बाडाँडा सामुदायिक होमस्टेमा भगिनी सम्बन्ध कायम गरेको थियो । त्यहाँपुग्दा गुरुङको झाँकीबाट स्वागत सत्कार भएको थियो । गुम्बाडाँडा सामुदायीक होमस्टेमा जनप्रतिनिधि, संचारकर्मी र पर्यटन व्यवसायीहरुसँगै अन्तरक्रिया भएको थियो । कार्यक्रममा स्थानीय सरकार र होमस्टेहरूले भावी दिनमा स्थानीय स्तरमा गरिने योजनाका विषयमा समेत छलफल गरिएको थियो । त्यसपछि सद्भावना भ्रमण टोलीले धनकुटा भ्रमण गरेको थियो । धनकुटामा मगर जातिको सस्कृतिबाट अतिथ्यता र सत्कारसहित भगिनी सम्बन्ध कायम गरिएको थियो । ६ प्रदेशका अध्यक्ष, निवर्तमान अध्यक्ष, संस्थापक अध्यक्ष, पत्रकार सहित २६ जना सहभागि भएको सद्भावना भ्रमण टोलीले माघ ४ गते समापन भएको थियो । टोलीले पर्यटकीय क्षेत्र भेडेटारको भ्रमणसँगै पर्यटन कार्यालय धरान र पर्यटन वन तथा वातावरण मन्त्रालय विराटनगर कोशी प्रदेशले बिदाई गरेको थियो ।
थप तस्बिरहरु : 

प्रतिक्रिया
सम्बन्धित समाचार