Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

दुई तिहाइ बहुमतको बामपन्थी सरकार अलमलमा : नेता कोइराला

दुई तिहाइ बहुमतको बामपन्थी सरकार अलमलमा : नेता कोइराला

  • सन्देश सम्वाददाता
  • सोमबार, मंसिर ३ २०७५


दुई तिहाइ बहुमतको बामपन्थी सरकार अलमलमा : नेता कोइराला

माई । नेपाली काँग्रेसका केन्द्रिय सदस्य शेखर कोइरालाले दुई तिहाइको बामपन्थी सरकार अधिक शक्तिका कारण अलमलमा रहेको बताएका छन । उनले प्रधानमन्त्री ओली शक्तिको भोको रहेको कारण दिनानुदिन सवै अधिकार आफै लिन खोजको आरोप लगाए । इलामको माइ नगरपालिकामा निर्माण भएको विपी कोइरालाको शालिक अनावरण गदैै कोइरालाले बामपन्थी सरकार स्थिर भएपनि शक्ति दुरुपयोगका कारण नेपाली राजनिति अस्थिर भएको बताए । उनले भने ‘ दुई तिहाइको सरकार स्थिर छ तर अहिलेको नेपाली राजनितिक अस्थिर भएकाले मुलुकले समृद्धि लिन सकेको छैन ।’
कोइरालाले प्रधानमन्त्री ओलीले आफनो मर्यादा क्रमलाई विर्सिएर प्रदेश सभामा गएर भाषण दिने गरेको बताए । उनले अहिलेको सरकारले ९ महिना वितेपनि प्राकृतिक स्रोत र वितिय आयोग बनाउन नसक्दा राजस्व वाडफाडमा समस्या देखिएको बताए । उनले भने ‘ आज ९ महिना वित्यो सरकारले आयोगहरु बनाउन सकेको छैन । राजस्व स्थानिय तह, प्रदेश र संघमा कति रहने अन्यौल छ ।’
ओलीले उद्धघोष गरेको पानीजहाजलाई कटाक्ष गर्दै उनले भने ‘प्रधानमन्त्री जीले २ बर्षमा ल्याउछू भनेको पानी जहाज अझ डेढ बर्षमा ल्याउनुस यहि पुषमा ल्याउनुस अनि मलाई पनि आमन्त्रण गर्नुहोस म पनि सहभागी हुन्छु ।’ केन्द्रले प्रदेश सरकारलाई अधिकार प्रत्यायोजन नगर्दा निरिह रहेको बताए । ‘प्रहरी प्रशासन र सुरक्षा केन्द्र मातहतमा रहेकाले प्रदेशका गृहमन्त्रीले के गर्ने अधिकार नै छैन ।’ उनले भने
उनले नेपाली काग्रेस गुट उपगुटको दलदलमा फसेको कारण देश असफलता तर्फ जान लागेकोमा चिन्ता बढेको बताए । कोइरालाले व्यक्तीवादी चरित्र छाडेर समग्र पाटीको हितमा काम गर्ने सवै कार्यकर्ताहरुलाई आग्रह गरे ।

काङ्ग्रेस माई नगर समितिका सभापति कृष्ण खाकीको अध्यक्षतामा सम्पन्न आमसभामा प्रमुख अतिथि रहेका डा कोइरालासहित अर्की केन्द्रीय सदस्य सुजता परियार, प्रदेश नं। १ का सचेतक तथा प्रदेश साँसद केदार कार्की, जिल्ला सभापति हिमालय कर्माचार्य, पूर्व सभापति केशव थापा, महासमिति सदस्यहरु भेषराज आचार्य, वेनुपराज प्रसाई, टीकाराम लेप्चा, नगेन्द्र कुमाल, नेपाल शिक्षक संघ प्रदेश प्रमुख पूर्णप्रसाद गौतम, जिल्ला कोषाध्यक्ष विष्णु कार्की समेतले मन्तब्य राखेका थिए । सभामा भुपेन्द्र कट्टेल लगायत अधिकाँश काङ्ग्रेस नेताहरु, माई नगरपालिकाका कार्यकर्तासहित स्थानीय बासिन्दाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार