फाकफोकथुम । इलामको फाकफोकथुम– ४ फुएतप्पामा आदिवासी जनजाती जनसंख्या एवम ऐतिहासिक बाजा संकलन कार्य अगाडी बढाइएको छ । गत महिनाबाट सुरु भएको अभियान अन्र्तगत सो क्षेत्रका बासिन्दाहरु आ आफ्नै भाषा संस्कृती ,संस्कार धर्म बाजागाजा रहेको तथ्याङ्क संकलन सुरु गरेका हुन । फुएतप्पामा रहेको फुएतप्पामा आठ जात जनजातिहरू मध्ये सबै भन्दा बडि मगर समुदायहरूको बर्सोच्च रहेको देखिन्छ त्यस पछि क्रमश लिम्बु ,राई ,नेवार,तामाङ्ग, गुरूङ्ग, मुखिया र भूजेल जातीहरू रहेको संकलन समितीका अध्यक्ष दिपक लिम्बुले जानकारी दिए।
फुएतप्पामा रहेको ३२२ घरधुरी मगर समुदायमा ८२३ पुरुष र ७२९ महिला रहेका छन । त्यसैगरी १५० घरधुरीको लिम्बु समुदायमा ४३४ पुरुष र ३९८ महिला, नेवार समुदायको १८ घरधुरीमा ४१ पुरुष र ४३ महिला, सुनुवारको ५ घरधुरीमा १४ पुरुष र ११ महिला तथा भुजेल समुदायको ३ घरधुरीमा १० पुरुष र १२ महिला रहेका छन । फुएतप्पामा रहेको जनजातीमध्ये अधिकासं बौद्ध मार्गि र किराँत धर्म मान्नेहरू रहेको र नगन्य रूपमा ,क्रिश्चियन, हिन्दु र युमा धर्म मान्नेहरू तथ्याङ्कनुसार देखिएको छ । राई जातिहरूको बिभिन्न प्राबिधिक कठिनाईको कारण केहि समय लाग्ने समितिका ससचिब अगम बान्तवाले जानकारी दिए।साथै लिम्बुहरूको महान चाडँ आउदै गरेको चासोक तङ्गनाम मेला यहि मंसिर २५,२६र २७गतेका दिन फुएतप्पामा जातीय झाक्री नाच प्रदर्शन गर्ने निर्णय गरीएको छ ।