Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

झापाली निशुकाे ‘आयो तिहार लिएर देउसी ’ ( भिडियाे सहित)

झापाली निशुकाे ‘आयो तिहार लिएर देउसी ’ ( भिडियाे सहित)

  • लोकल सन्देश
  • शुक्रबार, कार्तिक ९ २०७५


झापाली निशुकाे ‘आयो तिहार लिएर देउसी ’ ( भिडियाे सहित)

इलाम । नेपालीहरुको दोस्रो ठूलो चाड दिपावली तथा तिहारलाई लक्षित गर्दै गायिका निशु ढकालले आफ्नो नयाँ गीत सार्वजनिक गरेकी छन् । तिहारमा देउसी, भैलो खेल्ने प्रचलन छ । ‘आयो तिहार लिएर देउसी।।’ बोलमा रहेको गीत निशुले सार्वजनिक गरेकी हुन् । गीतमा शब्द, संगीत तथा एरेन्ज नविन के तिमल्सिनाको छ । गीतको भिडियोमा एञ्जिला, शिल्पा र रुपाको नृत्य रहेको छ ।

निशुले यसअघि दशैंको अवसरमा यो रमाइलो दशैं आयो बोलको गीत सार्वजनिक गरेकी थिइन् । उक्त गीतलाई दर्शक श्रोताले निकै मन पराइदिएको उनले बताइन् । संगीतमा भविष्य खोज्दै गायिका निशु विगत केही बर्षदेखि सांगीतिक यात्रामा निरन्तर क्रियाशील छिन् । यसभन्दा अघि पनि उनका गीत लोकप्रिय भइसकेका छन् । आगामी दिनमा नयाँ नयाँ गीत सार्वजनिक गर्ने उनको योजना छ ।

https://youtu.be/_2YZ5_4obbs

प्रतिक्रिया
सम्बन्धित समाचार