Local Sandesh मंगलबार, असोज २७ २०८३
  • ट्रेण्डिङ :

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र इलाममा स्वर्णबिन्दु प्रासन कार्यक्रम (तस्बिरहरु)

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र इलाममा स्वर्णबिन्दु प्रासन कार्यक्रम (तस्बिरहरु)

  • सन्देश सम्बाददाता
  • मंगलबार, असोज २७ २०८३


जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र इलाममा स्वर्णबिन्दु प्रासन कार्यक्रम (तस्बिरहरु)

आइतबारे । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र इलाममा स्वर्णबिन्दु प्रासन कार्यक्रम सम्पन्न भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, आइतबारेको कार्यालयमा बालबालिकालाई प्रत्येक महिनामा खुवाइने स्वर्णबिन्दु प्रासन कार्यक्रम गरिएको हो । स्वर्णबिन्दु प्राशन आयुर्वेदमा बालबालिकालाई निश्चित अन्तरालमा दिइने स्वर्ण मिश्रित औषधीय प्राशन हो। आयुर्वेदमा यसलाई बालबालिकाको स्वास्थ्य, प्रतिरक्षा तथा शारीरिक–मानसिक विकासमा सहयोग गर्ने उद्देश्यले प्रयोग गरिन्छ। त्यसकारण इलाममा बालबालिकाहरुलाई खुवाउन शुरु भएको हो ।

शुद्ध स्वर्ण भस्म, घिउ, मह तथा केही आयुर्वेदिक औषधीय द्रव्य प्रयोग गरि बनाइएको औषधि बालबालिकाहरुलाई जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले खुवाउन शुरु गरेको हो । कोशी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयअन्तर्गत जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, आइतबारे, इलामको आयोजनामा कार्यक्रमले चालु आर्थिक वर्षबाट शुरु गरेको कार्यक्रमको प्रथम चरणमा सञ्चालन गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख सरोज बिशालले बताए । असोज १९ गते  जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको परिसरमा ४ सय १३ बालबालिकाहरुलाई स्वर्णबिन्दु प्रासन खुवाइएको हो । जसमध्ये १ सय ९९ बालक र २ सय १४ जना बालिका रहेका छन् ।

बालबालिकालाई आयुर्वेद प्रद्धतिको नियमित खोपको पहुँच सुनिश्चित गर्दै रोगको रोकथाम तथा बाल स्वास्थ्य संरक्षणमा योगदान पुर्‍याउने उद्देश्यले कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षबाट यो कार्यक्रम संचालन गरेको हो ।

खोप कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मी तथा सम्बन्धित निकायले अभिभावकलाई आफ्ना बालबालिकालाई निर्धारित समयमा आवश्यक खोप लगाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार