Local Sandesh मंगलबार, असोज ६ २०८३
  • ट्रेण्डिङ :

पितृस्मृतिमा निरौला दम्पतीद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

पितृस्मृतिमा निरौला दम्पतीद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

  • सन्देश सम्बाददाता
  • मंगलबार, असोज ६ २०८३


पितृस्मृतिमा निरौला दम्पतीद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

इलाम । रोङ गाउँपालिका–३ निवासी समाजसेवी इन्द्रलाल निरौला दम्पतीले आफ्ना दिवंगत पिताको स्मृतिमा विद्यार्थीहरूलाई शैक्षिक तथा स्टेसनरी सामग्री सहयोग गरेका छन्। आफ्ना पिताको वार्षिक तिथिको अवसर पारेर निरौला दम्पतीले विगतदेखि नै विभिन्न विद्यालयका विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री प्रदान गर्दै आएका छन्।

यसैक्रममा यस वर्ष रोङ गाउँपालिका–४ स्थित श्री सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक तथा स्टेसनरी सामग्री हस्तान्तरण गरिएको हो। पितृस्मरणमा गरिने वार्षिक कर्मलाई सामाजिक सेवासँग जोड्दै विद्यार्थीको अध्ययनमा सहयोग पुर्‍याउने उद्देश्यले सामग्री वितरण गरिएको निरौला दम्पतीले जनाएको छ।

आर्थिक अवस्था कमजोर भएका तथा आवश्यक शैक्षिक सामग्रीको अभावमा अध्ययन गरिरहेका विद्यार्थीलाई सहयोग पुग्ने विश्वास गरिएको छ। विद्यालय परिवार तथा स्थानीय समुदायले निरौला दम्पतीको सामाजिक सेवाको प्रशंसा गर्दै यस्तो सहयोगले विद्यार्थीमा अध्ययनप्रतिको उत्साह बढाउन सहयोग पुग्ने बताएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार