Local Sandesh सोमबार, कार्तिक १७ २०८३
  • ट्रेण्डिङ :

कच्चि सडक स्तरउन्नती गर्न  ढुङ्गाको सोलिङ (तस्बिरहरुं) 

कच्चि सडक स्तरउन्नती गर्न  ढुङ्गाको सोलिङ (तस्बिरहरुं) 

  • सन्देश सम्बाददाता
  • आइतबार, साउन २६ २०८२


कच्चि सडक स्तरउन्नती गर्न  ढुङ्गाको सोलिङ (तस्बिरहरुं) 
इलाम । इलामका ग्रामीण सडक अधिकासं कच्चि छन् । कच्चि सडक कालोपत्रे गर्न बजेट नपुग्ने भएपछि ग्रामीण सडकमा नियमिति यातायातका साधन संचालनका लागि ढुङ्गाको सोलिङ गरि स्तरउन्नती हुँदै आएको छ ।  इलाममा कच्चि सडकको संञ्जाल लामो छ । ग्रामीण सडकले टोलसम्म जोडेको छ । कच्चि सडकबाट गाउँदेखि सहर जोडिएपनि अधिकासं सडकमा हिउँदमा मात्रै गाडि संचालन हुन्छन् । इलाममा १० वटा स्थानीय तह छन् ।
१० स्थानीय तहमध्ये २ वटा स्थानीय तहको ८० प्रतिशत भु–भाग चुरे र तराई क्षेत्र पर्छ । ८ स्थानीय तहको भु–भाग पहाडी र उच्चपहाडी क्षेत्र पर्छ । सडक संञ्जालले जोडिएपनि कच्चि सडक धेरै भएकाले इलाममा ढुङ्गाको सोलिङबाट सडक स्तरउन्नती हुँदै आएको छ ।  ढुङ्गाको सोलिङ गर्ने काम माई नगरपालिका र चुलाचुली गाउँपालिका बाहेका ८ स्थानीय तहमा बढी हुन्छ । ढुङ्गाको सोलिङ गरि सडक स्तरउन्नती भएपछि हिउँदबर्खानै यातायातका साधन संचालनमा सहज हुने गरेको छ । सडक सोलिङ गर्न गाउँघरकै कालिगढहरु सक्रिय हुने गरेको सन्दकपुर ५ का दावातेम्बा सेर्पाले बताए ।
ग्रामीण क्षेत्रान सहज रुपमा यातायातका साधन संचालनका लागि ढुङ्गाको सोलिङ गरि स्तरउन्नती हुँदै आएको हो । पछिल्ला आर्थिक वर्षमा स्थानीय तहले सडकको ट्रयाक खन्न न्यूनिकरण गरि ढुङ्गाको सोलिङबाट स्तरउन्नतीमा प्राथमिकता दिएका छन् । सडक सोलिङ्ग गरिएपछि ग्रामीण क्षेत्रको यातायात संचालनमा सहज हुन थालेको छ ।
६ सय वटा बढी ग्रामीण सडक रहेको इलाममा कम मात्रामा पक्कि सडक निर्माण हुन्छ । पक्कि सडक निर्माणमा बजेट धेरै खर्च हुने भएकाले ढुङ्गाको सोलिङ्ग गरि सडक स्तरउन्नती हुँदै आएको सन्दकपुर–५ का वडासदस्य कुमार गुरुङ्गले बताए ।  यातायातका साधन संचालनका लागि सडकमा ढुङ्गाको सोलिङ्ग गर्ने कार्य तत्कालका लागि उपयुत्त भएपनि कालोपत्रे गर्नुपर्ने उपभोक्ताको माग छ । सडक व्यवस्थित निर्माणका लागि इलामका स्थानीय तहले सडकको आवधिक योजना निर्माण गरेका छन् ।
(तस्बिरहरु) 

प्रतिक्रिया
सम्बन्धित समाचार