इलाम । नेकपा माओवादी केन्द्र जनवर्गीय संगठन योङ कम्युनिस्ट लिग नेपालको जिल्ला इलाम समन्वय समितिको अध्यक्षमा दिवन राई चयन भएका छन् । तेस्रो सम्मेलनको प्रमुख अथिति नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य तथा इलाम इन्चार्ज धिरेन सर्माको उपस्थितिमा तेस्रो जिल्ला सम्मेलन सम्पन्न भएको हो । दिवन राईको नेतृत्वमा २३ सदस्यीय समिति सर्वसम्मत निर्वाचित सम्पन्न भएको छ।
तेस्रो सम्मेलनको मुल नारा उधमशिलता, नवप्रवर्दन, स्वरोजगारका लागि आन्दोलन शुसासन समृद्धि सामाजिक न्याय र समाजबादको पक्षमा संयोजक कमल दुलालको अध्यक्षतामा भएको कार्यक्रम अतिथि प्रदेश समिति सदस्य सिन्धु राई, राम राई, विजय खम्बु, प्रविन तिम्सिना, शान्ता बस्नेत, प्रभाव सर्मा दिपेन राई र प्रकाश परियार, बिक्रम फियाक लगायतले मन्तव्य राखेको थिए ।
समितिको उपाध्यक्ष केशव दाहाल, अमृता राई, शुसिल बानियाँ सचिवमामा रेशम नेम्बाङ चयन भयका छन् । त्यसैगरी सहसचिवमा निरोज राइ, विमला राइ, बेदु आचार्य
र कोषाध्यक्ष आशिल लाम्गादे चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा नारायण बुडाथोकि,कुबेर तामाङ, मोहन राई,महेश राई,सन्तोष राइ, विमला लिम्बु,सजन राइ, चन्द्रकला पौडेल, विशाल राइ, मोहन कट्टेल, दिपेन फागो, सोभित राइ र सुनिल राइ चयन भएका थिए ।