सन्दकपुर । नेकपा (एमाले) को देशव्यापी रूपमा संचालन भइरहेको वडा केन्द्रीत ३ महिने जरा अभियान कार्यक्रम अन्तरगत इलामको सन्दकपुरमा ४ वटा वडामा अधिवेशन सम्पन्न भएको छ । सन्दकपुर गाउँपालिका भित्रका ५ वटा वडामध्ये वडा नम्बर ३ बाहेकका वडाहरुको अधिवेशन सकिएको हो ।
सन्दकपुर वडा नम्बर २ माइमझुवामा अमृत राईको अध्यक्षतामा १३ सदस्यिय, वडा नम्बर जमुनामा कुमार गुरूङको अध्यक्षतामा १५ सदस्यिय नयाँ वडा कमिटि चयन भएको छ । त्यसैगरी वडा नम्बर ४ माबुमा वीर बहादुर राईको अध्यक्षतामा १७ सदस्यिय र वडा नं १ माईपोखरीमा चेत बहादुर राईको अध्यक्षतामा १५ सदस्यिय सर्वसहमतिले वडा कमिटी चयन भएको सन्दकपुर गाउँपालिका अध्यक्ष दिपक गुरुङ्गले बताए ।
वडा अधिवेशनबाट एमाले पार्टीलाई लामो समय सम्म योगदान दिने ४४ जना पार्टी सदस्यलाई सम्मानित गरिएको हो । अभियानका क्रममा पार्टीहरूबाट एमालेमा प्रवेश गर्नेहरुलाई स्वागत गरिएको पार्टीका जिल्ला उपाध्यक्ष उदयबहादूर राईले जानकारी दिएका छन् । ४ वटा वडाहरुमध्ये वडा नम्बर ५ र वडा नम्बर २ को प्रमुख अतिथिमा नेकपा एमालेका जिल्ला उपाध्यक्ष उदय बहादूर राई रहेका थिए भने वडा नम्बर १ र ४ मा नेकपा एमाले इलामका निवर्तमान अध्यक्ष तथा संघीय सासंद महेश बस्नेतको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो ।
अधिवेशनमा एमाले सन्दकपुर गाउँपालिका अध्यक्ष दिपक गुरुङ्ग, सचिव रुपेन नेम्बाङ जिल्ला सदस्यहरु सुरेन राई, छलिमाया गुरुङ्ग, जितबहादूर सावा, दिनेश ढकाल लगायतको आथित्यता रहेको थियो ।
वडा नम्बर २ माईमझुवाको पार्टी पदाधिकारी
अध्यक्ष . अमृत राई
उपाध्यक्ष . तेज बहादुर गुरूङ्ग(दिपेन)
सचिव . वीरमान राई
उपसचिव : शुक्राज राई
उपसचिव : विषम खतिवडा
वडा नम्बर ५ जमुना
अध्यक्ष : कुमार गुरूङ्ग
उपाध्यक्ष : सन्जिव खाम्दाक
सचिव : पेम्बा शेर्पा
उपसचिव : उर्मिला राई (ललिता)
उपसचिव : केशव गुरूङ्ग
वडा नम्बर ४ माबु
अध्यक्ष : वीर बहादुर राई
उपाध्यक्ष : शुक्रराज राई
सचिव : हेम बहादुर गुरूङ्ग
उपसचिव : सृजना राई
उपसचिव : रोशन साउदेन
वडा नम्बर १ माईपोखरी
अध्यक्ष : चेत बहादुर राई
उपाध्यक्ष : एलिजा राई
सचिव : ठाकुर मुखिया( बिकाश)
उपसचिव : भीष्म ढुङ्गेल
उपसचिव : रन्जिता राई (सन्जु)
थप तस्बिरहरु :
