सन्दकपुर । नेकपा माओवादी केन्द्रको सन्दकपुर अध्यक्षमा जीवन गुरुङ्ग निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्र सन्दकपुर गाउँपालिकाको दोस्रो अधिबेसनबाटा जीवन गुरुङको अध्यक्षतामा १५ सदस्यीय पालिका कमिटि गठन भएको हो । निर्वतमान अध्यक्ष फुर्वा तामाङको अध्यक्षता प्रमुख अतिथि पार्टी केन्द्रिय सदस्य धिरेन्द्र सर्मा रहेका थिए । अधिवेशनको उद्घाटन सत्रमा जिल्ला सह–इञ्चार्ज सोममाया राई, प्रदेश सल्लाहाकार सदस्य प्रेमनाछिरिङ राई, प्रदेश सदस्य भिष्म खतिवडा लगायतको आथित्यता थियो ।
अधिवेशनबाट पालिका उपाध्यक्ष सुबास थेवे, कलिन्द्र राई चयन भएका छन् । सचिवमा कलम प्रसाद निरौला, सचिवमा भक्त बहादूर गुरुङ्ग र कोषाध्यक्षमा खोममाया दियाली चयन भएका हन् । २१ सदस्य सदस्य कमिटीमा ६ जना सदस्य बैठकबाट मनोनय गर्ने निर्णय भएको छ । पालिका कमिटी सदस्यमा डिलमाया तामाङ, ग्याल्जेन शेर्पा, राम गुरुङ्ग, ताराकुमार गुरुङ्ग, अप्सरा साउदेन, पर्शुराम तिवारी, देउमान गुरुङ्ग र समिक्षा साउदेन चयन भएका हुन् ।
