इलाम । आफ्नो भाषा, सस्कृति र भेषभुषा संरक्षणमा पूर्वी नेपालमा बसोबास गर्ने राई जातिका बालकदेखि वृद्धिसम्म लागेका छन् । २०७२ बाट लागु भएको नेपालको संविधानमा धर्मनिरपेक्षताको व्यवस्था भएपछि आदिवासी जनजाति समुदायमा आफ्नो भाषा र सस्कृति संरक्षणमा पूर्वी नेपालमा जागरण नै आएको छ । ९ वर्षका तायाहाङ्ग राई अहिले साकेला सिलि मज्जाले नाच्छन् । गाउँ समाजमा हुने मेला, पर्व र उत्सवमा देखाउने राई समुदायको साकेला सिलि नृत्यमा उनी एक वर्षदेखि रमाएका छन् । ५ कक्षामा अध्ययनरत तायाहाङ्ग विद्यालय बिदा हुँदा साकेला सिलि नाच्न गाउँ पुगिहाल्छन् ।
१३ वर्षकी सेनी राईपनि बिदाको दिन साकेला सिलिमा रमाउँछिन् । एक वर्षदेखि आफ्नो सस्कृतिप्रति आकर्षित भएकी सेनी गाउँमा आयोजना हुने कुनै कार्यक्रम छुटाउँदिनन् ।
१० वर्ष अघिसम्म इलाममा राई जातिका युवा पुस्तामा आफ्नो भेषभुषा र सस्कृतिप्रति खासै चासो थिएन । तर अहिले युवासँगै बालबालीकाहरु पनि आफ्नो भेषभुषा र भाषा सस्कृति संरक्षणमा जुटेको पाइन्छ । राई जातीको सामाजिक संस्था किराँत राई यायोक्खाले भाषा संस्कृति संरक्षणका लागि हरेक वर्ष सेचतना कार्यक्रम गर्दै आएको छ ।
जसका कारण युवादेखि बालकसम्म आफ्नो भाषा सस्कृति संरक्षणमा जुटेका छन् । संघीय, प्रदेश र स्थानीय तहको सहकार्यमा भाषा सस्कृति संरक्षण गर्न किराँत राई यायोख्खाले प्रवद्र्धन कार्यक्रम गर्दै आएको छ । भाषा र सस्कृति संरक्षणका लागि गाउँमा सास्कृतिक नृत्य प्रशिक्षणको कार्यक्रम नै हुँदै आएको राई भाषा सस्कृतिका अभियन्ता देवराज बुताङ राईले बताए ।
२०७२ बाट लागु भएको नेपालको संविधानमा धर्मनिरपेक्षताको व्यवस्था भएपछि आदिवासी जनजाति समुदाय आफ्नो भाषा र सस्कृति संरक्षणमा जुटेका हन् । फलस्वरुप अहिले पूर्वी नेपालमा बसोबास गर्ने राई जातीको हराउँदै गएको सस्कृतिमा पुन ः जागरण आएको किराँत राई यायोख्खाका श्याम राईले बताए । आदिवासी जनजाति राई जातीको भाषा, संस्कृति, भेषभुषा संरक्षणले ग्रामिण क्षेत्रको पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुगेको छ ।
थप तस्बिरहरु :
