Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

पार्टी एकताबारे माधव र वामदेवबीच साढे २ घण्टा छलफल

पार्टी एकताबारे माधव र वामदेवबीच साढे २ घण्टा छलफल

  • सन्देश सम्बाददाता
  • शुक्रबार, पौस ५ २०८१


पार्टी एकताबारे माधव र वामदेवबीच साढे २ घण्टा छलफल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र वामदेव गौतमबीच भेटवार्ता भएको छ । अध्यक्ष नेपाल बिहीबार साँझ गौतम निवास भैंसेपाटी पुगेर गौतमसँग भेटवार्ता गरेका हुन् । उनीहरूबीच साँझ करिब साढे २ घण्टा छलफल भएको अध्यक्ष नेपाल निकट स्रोतले जानकारी दिएको छ । उनीहरूबीच पार्टी एकताका विषयमा छलफल भएको उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए ।

‘पार्टी एकताबारे छलफल भएको छ,’ उनले भने, ‘चाँडै एउटा कार्यक्रम आयोजना गरेर दुई पार्टी मर्ज गर्नेबारे छलफल भएको छ ।’ गौतमले ‘नेकपा एकता राष्ट्रिय अभियान’ चलाउँदै आएका छन् । नेपाल र गौतम नेकपा एमालेमा लामो समय सँगै राजनीति गरेका नेता हुन् ।

एकीकृत समाजवादीले गौतमलाई पार्टीमा भित्र्याउनेगरी छलफल अघि बढाएको छ । पछिल्लो पटक बसेको स्थायी समिति बैठकमा पनि गौतमलाई भित्र्याउने एजेन्डाबारे छलफल भएको थियो । पाटी प्रवेश गर्न गौतम सकारात्मक भएको बताएका थिए । गौतमले कुरा गर्दै एकीकृत समाजवादी र नेकपा एमाले जसले चाँडो बोलाउँछ सोही पार्टीमा प्रवेश गर्ने बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार