इलाम (सन्दकपुर) । इलाम जिल्लामा क्रिसासिल रहेका मेलमिलापकर्ताहरुको तेस्रो जिल्ला स्तरीय सम्मेलन सन्दकपुर गाउँपालिकामा शुरु भएको छ । स्थानीय तहको न्यायीक समितिमा सुचिकृत रहेका मेलमिलापकर्ताको जिल्ला स्तरीय सम्मेलन सन्दकपुर गाउँपालिकाको केन्द्र रहेको देउराली बजारमा आयोजना भएको हो ।
न्यायीक समिति संञ्जाल इलामको आयोजना, सन्दकपुर गाउँपालिकाको व्यवस्थापन र मानव अधिकारी मञ्च इलामको सहजिकरणमा आयोजित सम्मेलनको इलामका जिल्ला समन्वय समितिका प्रमुख जयप्रकाश राईले गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख जयप्रकास राईले संविधानमा स्थानीय तहमा अर्थ न्यायीक निकाय राख्ने व्यवस्था भएपनि कानुन निर्माणको काम संघीय सरकारले गर्न नसकेको बताए । उनले भने सरकारले संविधान संसोधन गर्ने हल्ला सुनिन्छ तर संविधान पूर्ण रुपमा कार्यान्वयन नभइराखेको अवस्थामा कसरी संभव होला । त्यसैले संविधानमा भएका व्यवस्था अनुसार कानुन निर्माण गरि कार्यान्वयन गर्न सबैले सरकारलाई दबाब दिनुपर्ने उनले बताए ।
मेलमिलापकर्ताहरुको जिल्ला सम्मेलनले स्थानीय तहमा न्याय निरुपणमा गरिएका अनुभव र आगामी दिनमा गर्नुपर्ने कामका बिषयमा छलफल गरि निष्कर्षमा पुग्ने कार्यसुचि रहेको छ । कार्यक्रममा बोल्दै सूर्योेदय नगरपालिका उप–प्रमुख दुर्गा बरालले स्थानीय तहको न्यायीक समितिलाई सहयोग गर्ने मेलमिलापकर्ताहरुको सेवा सुविधाको व्यवस्था स्पष्ट नहुँदा न्याय निरुपणमा समस्या भएको बताए । नगरपालिकामा न्यायीक समिति तीन जनाको हून्छ तर उजुरीहरु धेरै हुँदा मेलमिलापकर्ताहरुको सहयोगले न्याय निरुपणको काम गरिँदै आएको उनले बताए ।
कार्यक्रममा बोल्दै इलाम नगरपालिका उप–प्रमुख बिष्णु दाहाल लिम्बुले न्यायीक समिति संक्षम बनाउन मेलमिलापकर्ताहरुको जिल्ला स्तरीय सम्मेलनले सयोग गर्ने बताए । गाउँ घरमा हुने झैझगडाहरुको मेलमिलापकै माध्यमबाट समाधान गर्दा राम्रो नतिजा दिएकाले मेलामिलापकर्ताहरुको महत्व अझै बढेको फाकफोकथुम गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालले बताए ।
१० वर्षे शसस्त्र जनयुद्धको समयमा गाउँमा रहेका मेलमिलाकर्ताहरुले धेरैको ज्यान राज्य र बिद्रोहि पक्षबाट जोगाएको अध्यक्ष खनालले स्मरण गरे । फाकफोकथुम गाउँपालिका अध्यक्ष दिपेन्द्र खनाल मानव अधिकार मञ्च इलामका संस्थापक मेलमिलापकर्ता हुन् । कार्यक्रममा बोल्दै सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्गले गाउँघरका छिमेकीहरुबिच भएका साना घटनाहरुपनि न्यायलय तिर लैजादा समयमा न्याय नपाएको उदाहरण रहेकाले अहिले न्यायीक समितिबाट समाधान गर्ने संवैधानीक व्यवस्थाले मेलमिलापकर्ताहरुको महत्व झै बढाएको बताए । कार्यक्रममा इलामका साहायक प्रमुख जिल्ला अमृत बहादूर राईले संविधानको व्यवस्था अनुसार न्यायीक समिति महत्वसँगै मेलमिलापकर्ताहरुको पनि महत्व बढ्दै गएको बताए । कार्यक्रममा बोल्दै मानव अधिकार मञ्चका अध्यक्ष मोहनसिंह थेवेले आफ्नो सस्थाले शुरुमा मेलमिलापकर्तालाई सहजकर्ताको तालिम दिँदै गर्दा अनेक टिप्पणि भएपनि अहिले यसको महत्व बढेर गएको बताए । उनले भने– स्थानीय तहमा न्यायीक समितिका उजुरीहरुलाई किनारा लगाउन मेलमिलापकर्ताहरुको आवश्यकता र महत्व अझ बढ्दै गएकाले अझ उनीहरुलाई सक्षम बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरिक्षक रमेश राई, उच्च अदालत विराटनगर इलाम इजालस पुनरावेदन बार एशोसिएसनकी अध्यक्ष विद्या सापकोटाले न्यायीक समिति र मेलमिलापकर्ताहरुको महत्वका बारे प्रकाश पारेका थिए । सन्दकपुर गाउँपालिका न्यायीक समितिका उजुरी प्रशासक धन नारायण श्रेष्ठले संचालन गरेको कार्यक्रममा न्यायीक समिति सञ्जाल इलामका संयोजक तथा सन्दकपुर गाउँपालिका इलामका उपाध्यक्ष हरि लुङ्गेलीको अध्यक्षतामा भएको थियो । उद्घाटन सत्रको कार्यक्रम समापन गर्दै सभाध्यक्ष हरि लुङ्गेलीले दुई दिने मेलमिलापकर्ताको जिल्ला सम्मेलनले स्थानीय तहको न्याय निरुपण प्रणालीमा देखिएको समस्या समाधान गर्न दबाब दिने उदेश्यले धारणा तयार हुने र संघ, प्रदेश सरकारलाई कानुन निर्माणमा दबाब दिने बताए ।
कार्यक्रममा न्यायीक समिति र मेलमिलाप सम्बन्धि ऐतिहासिक अवधारणा मानव अधिकार मञ्चका मनकुमार बराइलीले कार्यपत्र पस्तुत गरेका थिए । औपचारिक कार्यक्रमको समापनपछि विवाद समाधान र मेलमिलाप सम्बन्धि छलफल भएको थियो । विवाद समाधान र मेलमिलाप सम्बन्धि छलफलको मानव अधिकार मञ्चका योगराज सापकोटाले सहजिकरण गरेका थिए ।
सम्मेलनमा विवाद समाधान र मेलमिलाप, न्यायी समिति तथा मेलमिलापकर्ताको सम्बन्धि कार्ययोजना, मेलमिलापकर्ताहरुको अनुभव साटासाट गरि न्यायीक समितिमा मेलमिलाप सम्बन्धि ऐतिहासिक अवधारणा पत्र घोषणा गर्ने कार्यक्रम रहेको छ ।
थप तस्बिरहरु :
