Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

एमाले इलाम अधिवेशन : अध्यक्ष र उपाध्यक्षमा ३ जना,  सचिवमा २ र उपसचिवमा १२ आकाक्षि

एमाले इलाम अधिवेशन : अध्यक्ष र उपाध्यक्षमा ३ जना,  सचिवमा २ र उपसचिवमा १२ आकाक्षि

  • सुजन तिमल्सिना 
  • बुधबार, कार्तिक २८ २०८१


एमाले इलाम अधिवेशन : अध्यक्ष र उपाध्यक्षमा ३ जना,  सचिवमा २ र उपसचिवमा १२ आकाक्षि
इलाम । सत्ताको नेतृत्व गरिरहेको नेकपा एमाले इलामको जिल्ला अधिवेशन यहि कात्तिक २९ र ३० गते (बिहिबार र शुक्रबार) हुँदैछ । एमालेको ११ अधिवेशनका लागि कात्तिक २१ गते एकैपटक प्रतिनिधि छनौटको काम भएको छ । अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव २ जना गरि ५ जना पदाधिकारी सहित १ सय २५ जनाको जिल्ला कमिटी एमालेको ११ औँ जिल्ला अधिवेशनबाट चयन हुनेछ । इलामका १० स्थानीय तह, तीन इलाका कमिटी, एक शाखा कमिटी र २१ जनवर्गीय संगठनबाट प्रतिनिधि छनौट  भएका छन् । अधिवेशनका लागि ५ सय ८३ जना प्रतिनिधि कात्तिक २१ गते छनौट भएका छन् ।
जिल्ला अधिवेशनमा नजिकिएसँगै जिल्ला कमिटी, पदाधिकारीका आकाक्षिहरुको चर्चा हुन थालेको छ । इलामको गौतमवुद्धसभा गृहमा संचालन हुने ११ औँ जिल्ला अधिवेशनको तयारी पुरा भएको छ । अधिवेशनमा सहभागि हुने अतिथिहरु र प्रतिनिधिहरुको उपस्थिति इलाम बजारमा बढेको छ ।
अध्यक्ष गणेश बराल, नरेन्द्र भट्टराई र डां देवी दुलाल
एमालेको इलाम अध्यक्ष पदमा नरेन्द्र भट्टराई, गणेश बरालबिच  भिडन्त प्रायः निश्चित छ । त्यस्तै अध्यक्षमा १० औँ अधिवेशनमा उमेद्धवारी दिएका डा देवी क्षेत्री दुलालले पनि आफ्नो उमेद्धवारी हुने बताएका छन् । नरेन्द्र भट्टराई इलाम नगरपालिकाको ७ बाट जिल्ला अधिवेशनमा प्रतिनिधि छनौट भएर आएका छन् भने गणेश बराल देउमाई नगरपालिका ४ बाट सर्वसम्वत प्रतिनिधि छनौट भएका छन् । डा देवी क्षेत्री दुलाल भने इलाम नगरपालिका ६ बाट प्रतिनिधि छनौट भएका छन् ।
अध्यक्षका उमेद्धवार डा देवी क्षेत्री दुलालले आफु उमेद्धवारी दिने तर फिर्ता लिएर अध्यक्षका उमेद्धवारमध्ये कुनै एकलाई सहयोग गर्न सक्ने समेत बताएका छन् । यदि त्यस्तो भएमा ११ औँ अधिवेशनमा एमालेको जिल्ला अध्यक्षमा प्रतिस्पर्धा नेन्द्र भट्टराई र बरालबिच हुनेछ ।
उपाध्यक्षमा उदय राई, उमेश गुरुङ्ग र बुद्धि खनाल 
नेकपा एमाले इलामको आगामी कार्तिक २९ र ३० गते हुने ११ औ जिल्ला अधिवेशनमा उपाध्यक्ष पदका लागि ३ जनाको दावेदारी रहेको छ । उपाध्यक्ष पदमा उदय बहादुर राई, उमेश गुरुङ, बुद्धि खनालले दावेदारी गरेका छन् ।  उदय बहादुर यसअघि महेश बस्नेतको कार्यकालमा समेत उपाध्यक्ष बनेका थिए । सन्दकपुर गाउँपालिकाको निर्वातमान अध्यक्ष राईले १० औ अधिवेशनमा ६०४ मत ल्याएर बिजयी भएका थिए ।
उनका निकटतम् प्रतिद्वन्द्वी याम अधिकारीले २ सय ३७ मत ल्याएका थिए । १० औ अधिवेशनबाट गुरुङ सचिवमा निर्वाचित भएका थिए । उनले ५ सय २७ मत ल्याएर विजयी हुँदा निकटतम् प्रतिद्वन्द्वी प्रकाश अधिकारीले २ सय २२ मत ल्याएका थिए ।
माई नगरपालिका–७ का वडाध्यक्ष समेत रहेका बुद्धि खनाल यसअघि खुल्ला जिल्ला सदस्यमा निर्वाचित भएका थिए । उनी ३७१ मत ल्याएर जिल्ला सदस्यमा निर्वाचित भएका हुन् । उनी पार्टीको जिल्ला सचिवालय सदस्य समेत रहेका छन् ।
सचिवमा प्रकाश अधिकारी र रबिन्द्र सुवेदीको दाबेदारी 
११ औँ इलाम जिल्ला अधिवेशनमा सचिव पदमा रबिन्द्र सुवेदी र प्रकाश अधिकारीको भिडन्त प्रायः निश्चित छ । प्रकाश अधिकारी इलाम नगरपालिका ९ बाट चुनावी प्रतिस्पर्धा गरि जिल्ला अधिवेशनमा प्रतिनिधि छनौट भएर आएका छन् भने रबिन्द्र सुवेदी देउमाई नगरपालिका ६ बाट सर्वसम्वत प्रतिनिधि छनौट भएका छन् । यी दुवैजनाबिच कुनै राजनीतिक चमत्कार नभए ११ औँ अधिवेशनमा एमालेको जिल्ला सचिवमा प्रतिस्पर्धा हुनेछ ।
एमालेको विद्यार्थी संगठन अनेरास्ववीयुबाट २०४५ सालमा राजनीतिक यात्रा शुरु गरेको प्रकाश अधिकारी र २०४७ सालमा जन्मिएका रविन्द्र सुवेदीको प्रतिस्पर्धा रोचक हुनेछ । १० औँ जिल्ला अधिवेशनमा सचिव पदमा उमेद्धवारी दिएका प्रकाश अधिकारी ११ औँ अधिवेशनमा जित निकाल्ने योजनामा छन् । ११ औँ अधिवेशनमा रविन्द्र सुवेदी जिल्ला उप सचिवमा निर्वाचित भएका थिए । जिल्ला उप सचिव हुँदा पार्टीको काम गरेका सुवेदी माथिल्लो पद सचिवमा उमेद्धवारी दिने जानकारी दिए ।
विद्यार्थी राजनीति हुँदै पत्रकारीता, गैरसरकारी संस्थाबाट सामाजिक सेवा र मानवअधिकारको क्षेत्रमा लामो समय काम गरेका प्रकाश अधिकारी पार्टी राजनितिबाट समग्र समाजको परिवर्तन गर्न अग्रसर देखिन्छ । सुवेदी पार्टी भित्र युवा वर्गको नेतृत्व विकासमा लाग्ने योजनामा रहेका छन् । अनुभव र अभावका बिचमा नेतृत्व गर्ने कलामा अब्बल रहेका प्रकाश अधिकारी र विद्यार्थी संगठन हुँदै पार्टीको पदाधिकारीमा पगेका रविन्द्र सुवेदी बिचको प्रतिस्पर्धा रोचक हुने देखिन्छ ।
२ उप सचिवमा १२ को दाबेदारी 
नेकपा एमालेको जिल्ला अधिवेशनबाट २ उपसचिव चयन गर्नुपर्ने हुन्छ । एक महिला र एक पुरुष उप सचिव अधिवेशनले चयन गर्नेछ । २ उप सचिवमा यो समाचार तयार पार्दासम्म १२ जनाको दाबेदारी रहेको छ । महिला उपसचिवमा फाकफोकथुम गाउँपालिकाकी पुर्व उपाध्यक्ष सरस्वती राई शरु, वर्तमान उपसचिव बिष्णुमाया आचार्य, नुनुमा राई, भुमिका आचार्य र दिलु योङ्हाङ्गको दाबेदारी रहेको छ ।  उप सचिवको दाबेदारी दिएकी सरस्वती राई (शरु) फाकफोकथुम ७ बाट प्रतिनिधि छनौट भएकी छन् । वर्तमान उप सचिव बिष्णुमाया आचार्य माई नगरपालिका २ बाट प्रतिनिधि छनौट भएकी छन् । उनी माई नगरापालिका पूर्व उप प्रमुख हुन् ।
निजी विद्यालयको संचालक ननुमा राई पछिल्लो समय एमाले पार्टीमा निक्कै सक्रिय छिन् । उनी इलाम नगरपालिका ७ बाट प्रतिनिधि छनौट भएकी छन् । सानो उमेरदेखि राजनीतिमा सक्रिय भुमिका आचार्य देउमाई नगरपालिका ७ बाट प्रतिनिधि छनौट भएर आएकी छन् । त्यसै चुलाचुली गाउँपालिका उपाध्यक्ष दिलु योङ्हाङ्ग पनि उप सचिवमा दाबेदारी प्रस्तुत गर्दै आएकी छन् ।
पुरुष उप सचिवमा ७ जनाको दाबेदारी रहेको छ । इलाम नगरपालिका ५ निवासी छवि श्रेष्ठ, सन्दकपुर १ निवासी याम बहादुर राई, सूर्योदय नगरपालिका ११ का रमेश राई, १० का नरेश तामाङ सूर्योदय नगरपालिका ३ का होम कार्कीको दाबेदारी रहेको छ । त्यस्तै इलाम नगरपालिका ८ का बद्रि खड्का र माङ्सेबुङ्ग गाउँपालिका निवासी हेमन्त माक्रेहाङ्गको पनि उप सचिवमा दाबेदारी गरेको एमाले जिल्ला कमिटीका एक नेताले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार