Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

एमाले इलाम अधिवेशन : सचिवमा भिड्दैछन् प्रकाश र रविन्द्र 

एमाले इलाम अधिवेशन : सचिवमा भिड्दैछन् प्रकाश र रविन्द्र 

  • सुजन तिमल्सिना 
  • बिहिबार, कार्तिक २२ २०८१


एमाले इलाम अधिवेशन :  सचिवमा भिड्दैछन् प्रकाश र रविन्द्र 
इलाम । सत्ताको नेतृत्व गरिरहेको नेकपा एमाले इलामको जिल्ला अधिवेशन यहि कात्तिक २९ र ३० गते हुँदैछ । एमालेको ११ अधिवेशनका लागि कात्तिक २१ गते एकैपटक प्रतिनिधि छनौटको काम भएको छ । फाकफोकथुम ७, चुलाचुली गाउँपालिका ४ र इलाम नगरपालिका ९ वडामा चुनावबाटै प्रतिनिधि छनौट भए । अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव २ जना गरि ५ जना पदाधिकारी सहित १ सय ५ जनाको जिल्ला कमिटी एमालेको ११ औँ जिल्ला अधिवेशनले चयन गर्नुपर्नेछ । इलामका १० स्थानीय तह, तीन इलाका कमिटी, एक शाखा कमिटी र २१ जनवर्गीय संगठनबाट प्रतिनिधि छनौट  भएका छन् ।
प्रतिनिधि एकैसाथ छनौट भएपनि नामावली आउने क्रम जारी रहेको कार्यालय सचिव प्रकाश अधिकारीले बताए । प्रतिनिधि छनौटका लागि सबै नेता तथा कार्यकर्ता आफ्नो वडामा खटिएका थिए । अधिवेशनका लागि ५ सय ८६ जना प्रतिनिधि छनौट हुने मापदण्ड रहेको छ ।
जिल्ला अधिवेशनमा सहभागि हुने प्रतिनिधि छनौट भइसकेपछि जिल्ला कमिटी, पदाधिकारीका आकाक्षिहरुको चर्चा हुन थालेको छ । इलामको गौतमवुद्धसभा गृहमा संचालन हुने ११ औँ जिल्ला अधिवेशनमा सचिव पदमा रबिन्द्र सुवेदी र प्रकाश अधिकारीको भिडन्त प्रायः निश्चित छ । प्रकाश अधिकारी इलाम नगरपालिका ९ बाट चुनावी प्रतिस्पर्धा गरि जिल्ला अधिवेशनमा प्रतिनिधि छनौट भएर आएका छन् भने रबिन्द्र सुवेदी देउमाई नगरपालिका ६ बाट सर्वसम्वत प्रतिनिधि छनौट भएका छन् । यी दुवैजनाबिच कुनै राजनीतिक चमत्कार नभए ११ औँ अधिवेशनमा एमालेको जिल्ला सचिवमा प्रतिस्पर्धा हुनेछ ।
एमालेको विद्यार्थी संगठन अनेरास्ववीयुबाट २०४५ सालमा राजनीतिक यात्रा शुरु गरेको प्रकाश अधिकारी र २०४७ सालमा जन्मिएका रविन्द्र सुवेदीको प्रतिस्पर्धा रोचक हुनेछ । १० औँ जिल्ला अधिवेशनमा सचिव पदमा उमेद्धवारी दिएका प्रकाश अधिकारी ११ औँ अधिवेशनमा जित निकाल्ने योजनामा छन् । ११ औँ अधिवेशनमा रविन्द्र सुवेदी जिल्ला उप सचिवमा निर्वाचित भएका थिए । जिल्ला उप सचिव हुँदा पार्टीको काम गरेका सुवेदी माथिल्लो पद सचिवमा उमेद्धवारी दिने जानकारी दिए ।
विद्यार्थी राजनीति हुँदै पत्रकारीता, गैरसरकारी संस्थाबाट सामाजिक सेवा र मानवअधिकारको क्षेत्रमा लामो समय काम गरेका प्रकाश अधिकारी पार्टी राजनितिबाट समग्र समाजको परिवर्तन गर्न अग्रसर देखिन्छ । सुवेदी पार्टी भित्र युवा वर्गको नेतृत्व विकासमा लाग्ने योजनामा रहेका छन् । अनुभव र अभावका बिचमा नेतृत्व गर्ने कलामा अब्बल रहेका प्रकाश अधिकारी र विद्यार्थी संगठन हुँदै पार्टीको पदाधिकारीमा पगेका रविन्द्र सुवेदी बिचको प्रतिस्पर्धा रोचक हुने देखिन्छ ।
राजनीतिक यात्रामा प्रकाश अधिकारी र रबिन्द्र सुवेदी  
इलामको माई नगरपालिका –४ (साविक दानाबारी गाविस – ४) मा बिक्रिम सम्बतमा जन्मिएका प्रकाश अधिकारीको राजनितिक यात्रा २०४५ सालबाट शुरु भएको थियो । अनेरास्ववीयुको माध्यमिक विद्यालयको प्रारम्भिक कमिटीमा २०४५ मा संगठित भइ राजनीतिक यात्रा अधिकारीले शुरु गरेका थिए । माध्यमिक तहको नेतृत्वहुँदै इलाका, क्षेत्रीय हुँदै २ पटक अनेरास्ववीयुको जिल्ला अध्यक्ष भएका थिए, अधिकारी । उनी २०५९ सालबाट २०६१ सालसम्म अनेरास्ववीयुको केन्द्रिय सदस्य भई काम गरेका थिए । इलामको पत्रकारीता क्षेत्रमा योगदान गरेका अधिकारीले १० वर्ष पत्रकारीता क्षेत्रमा क्रियासिल भएका थिए ।
इलाम साप्ताहिक, आँखा साप्ताहिक हुँदै नेपाल पत्रकार महासंघ इलाम शाखाको उपाध्यक्ष समेत भएका थिए । प्रगतिशित पत्रकारहरुको संगठन प्रेश चौतारीको संस्थापक सदस्य हुँदै जिल्ला अध्यक्ष समेत अधिकारी भएका थिए । मानव अधिकारको क्षेत्रमा अधिकारीले सन् २००१ देखि सन् २००१० सम्म क्रियासिल भई काम गरेका थिए । अनौपचारीक सेवा केन्द्र इन्सेकबाट मानवअधिकारको क्षेत्रमा क्रियासिल अधिकारी उत्कृष्ट समेत भएका थिए । गैरसकारीको क्षेत्रमा समेत क्रियासिल भएका अधिकारी गैरसकारी संस्था महासंघ कोशी प्रदेश समितिका अध्यक्ष समेत भएका थिए । अधिकारी २०७१ सालमा एमालेको जिल्ला कमिटीमा निर्वाचित भएका अधिकारी अहिले पार्टी कार्यालय सचिव रहेका छन् ।  मानविकी संकायको ग्रामीण विकास बिषयमा स्नातकोत्तर, शिक्षा संकायमा बि एड र कानुन संकायमा एल एल बी कोे अध्ययन गरेका छन् ।
इलामको देउमाई नगरपालिका वडा नं ६ शान्तिडाँडामा २०४७ सालमा जन्म लिएका रबिन्द्र सुवेदी विद्यार्थी उमेर देखिनै राजनीतिमा सक्रिय थिए । समाज शास्त्रमा स्नातकोत्तर र कानुनमा एल एल बि गरिसकेका छन् । २०५८ सालमा साङरुम्बा माविमा अनेराश्ववियुको सदस्य हुँदै राजनीति थालेका सुवेदी २०५९ सालमा साङरुम्बा माविको कोषाध्यक्ष हुँदै २०६२ मा अध्यक्ष भएका थिए ।
२०६३ मा एमालेको पाटी सदस्यता पाएका सुवेदीले मरव क्याम्पस कमिटी सचिवालय सदस्य बनेका थिए । क्याम्पस पढ्दा विद्यार्थी राजनीतिमा सक्रिए भएर काम गरिरहँदा ०६४ मा क्याम्पस कमिटी सचिव, ०६५ मा उपाध्यक्ष हुँदै अनेराश्ववियु जिल्ला कमिटी सदस्य भए । अनेराश्ववियु जिल्ला कमिटी सहसचिव, उपाध्यक्ष हुँर्दै अध्यक्ष बनेका सुवेदी २०७१ सालमा अनेराश्ववियु केन्द्रीय सदस्य भएका थिए । ०७३ मा नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य बनेका थिए भने ०७५ मा अनेराश्वविय थाई सचिवालय सदस्य बने । ०७८ मा पार्टीको कार्यालय सचिवको जिम्मेवारी सम्हालेका उनी जिल्ला उपसचिव हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार