इलाम । नेकपा एमालेको जिल्ला अधिवेशनका लागि एकैपटक प्रतिनिधि छनौट गर्ने भएको छ । आगामि कात्तिक २९ र ३० गते आयोजना हुने अधिवेशनमा सहभागि हुने प्रतिनिधि छनौट एकैपटक हुन लागेको हो । इलामका १० स्थानीय तहमा, तीन इलाका कमिटी, एक शाखा कमिटी र २१ जनवर्गीय संगठनबाट प्रतिनिधि छनौट हुनेछन् । प्रतिनिधि एकैसाथ आज ११ बजे छनौट हुनेछन् । प्रतिनिधि छनौटका लागि सबै नेता तथा कार्यर्ता अहिले आफ्नो स्थायी बसोबास भएको गाउँपालिका पुगेका छन् । अधिवेशनका लागि ५ सय ८६ जना प्रतिनिधि छनौट हुने कार्यालय सचिव प्रकाश अधिकारीले बताए ।