Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

इलामको सन्दकपुर गाउँपालिका विपद् संकटग्रस्त क्षेत्र घोषणा

इलामको सन्दकपुर गाउँपालिका विपद् संकटग्रस्त क्षेत्र घोषणा

  • सन्देश सम्बाददाता
  • मंगलबार, असोज २९ २०८१


इलामको सन्दकपुर गाउँपालिका विपद् संकटग्रस्त क्षेत्र घोषणा

इलाम । सरकारले बाढीपहिरो प्रभावित इलाम जिल्लाको सन्दकपुर गाउँपालिका विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मन्त्रिपरिषद् बैठकले बाढीपहिरोबाट बढी प्रभावित सन्दकपुर गाउँपालिकालाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिले बाढी, पहिरो र डुबानबाट बढी प्रभावित विभिन्न जिल्लाका स्थानीय तहलाई विपद संकटग्रस्त घोषणा गर्न सिफारिस गरेको थियो ।

सोही सिफारिसका आधारमा मन्त्रिपरिषद् बैठकले विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको हो सन्दकपुर गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत यादव राउतले बताए । विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका स्थानीय तहमा पुनः स्थापना, पुनर्निर्माणको कामलाई प्राथमिकताका साथ तीव्रता दिने गरिन्छ । त्यसका लागि खरिद प्रक्रिया पनि सरल   हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार