Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

मान्यजनको हातबाट टीका लगाउन हिँड्नेको चहलपहल सुरू (तस्बिरहरु)

मान्यजनको हातबाट टीका लगाउन हिँड्नेको चहलपहल सुरू (तस्बिरहरु)

  • सन्देश सम्बाददाता
  • शनिबार, असोज २६ २०८१


मान्यजनको हातबाट टीका लगाउन हिँड्नेको चहलपहल सुरू (तस्बिरहरु)

काठमाडौं । बडा दशैंको मुख्य दिन आज मान्यजनको हातबाट टीका एवं समृद्धिको प्रतीक जमरा लगाउन हिँड्नेको चहलपहल सुरू भएको छ । विजया दशमीको शुभ साइतमै लगाउनेहरूले बिहान ११ बजेर ३६ मिनेटको उत्तम साइतमा टीका लगाएका छन् । दशैंको साइतको टीका लगाएर आफन्त र मान्यजनको हातबाट टीका लगाउन जानेहरूको सडकमा चहलपहल सुरु भएको हो ।

निधारमा रातो टीका लगाएका सर्वसाधारणहरू सडकका देखिएका छन् । काठमाडौं उपत्यकामा सार्वजनिक गाडी फाट्टफुट्ट रूपमा मात्रै चलेका छन् भने निजी गाडीमा मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा आउने जाने गरिरहेका छन् । काठमाडौं उपत्यकामा भने हिजो र आज नेपाल प्रहरी र सशस्त्र प्रहरीले निशुल्क बस सञ्‍चालन गरेको छ । यस्तै पश्चिम नेपालका केही जिल्लामा भने विजया दशमीको दिन मात्र टीका थाप्ने चलन भएकाले मान्यजनको हातबाट टीका लगाउने चटारो हुन्छ । तर अरु भेगमा भने आजदेखि पूर्णिमाका दिनसम्मै टीका थाप्ने चलन रहेको छ ।

थप तस्बिरहरु : 

 

प्रतिक्रिया
सम्बन्धित समाचार