Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

रैथाने बाजा च्याब्रुङ संरक्षण युवाहरू जुटे (तस्बिरहरु)

रैथाने बाजा च्याब्रुङ संरक्षण युवाहरू जुटे (तस्बिरहरु)

  • लिला बहादुर लिम्बु
  • बिहिबार, माघ ४ २०८०


रैथाने बाजा च्याब्रुङ संरक्षण  युवाहरू जुटे (तस्बिरहरु)

फाकफोकथुम । फाकफोकथुम चार साबिक फुएतप्पा लिम्बु गाउँ अवस्थित थोकफेला युवा क्लवका युवाहरू आफ्नो मौलिकताका आधारित रैथाने बाजा  च्याब्रुङ संरक्षणमा लागेका छन् । क्लबको आफ्नै स्रोत साधन आर्थिक संकलन गरि च्याब्रुङ बनाउन लगि परेको थोकफेला युवा क्लवका सल्लाहकार चन्द्र बहादुर लिम्बु र डम्बर बहादुर लिम्बुले जातिय बाजाहरू संरक्षण गर्न लागिपरेको जानकारी दिएका छन्।


बिभिन्न जातजाति मौलिकताका रैथाने कला संस्कृति बाजागाजा लोप भइसकेको अवस्थामा लिम्बु याक्थुङ समुदायहरूको रैथाने बाजा च्याब्रुङ बचाई राख्नको लागि थोकफेला युवा क्लबद्वारा अहिले तिन वटा च्याब्रुङ बाजा बनाउनको लागि समाग्रीहरू जुटाएर तयार पार्न युवाहरू लागिपरेका छन। लोपोन्मुख हुन्दै गरेको याक्थुङ लिम्बु समुदायहरूको रैथाने बाजा संरक्षण गरि युवा पिडिहरूलाई मौलिकतामा आधारित कला संस्कृति बाजागाजा तर्फ आकर्षित गराउँदै आफ्नो समुदायहरूको भोज भतेर , शुभ विवाह शुव कार्जेमा अनिवार्य आफ्नै रैथाने बाजा बजाउन उद्देश्य रहेको क्लबका संस्थापक सल्लाहकार चन्द्र बहादुर लिम्बु र डम्बर बहादुर लिम्बु बताए ।

अहिले थोकफेला युवा क्लबद्वारा जम्मा रैथाने बाजा च्याब्रुङ आफ्नै स्रोत साधन आर्थिक संकलन गरि जम्मा पाँचवटा तयारी अवस्थामा संरक्षण गरि राखिएको छ। ती रैथाने बाजा के च्याब्रुङ आफ्नो क्लबमा आववद्ध सदस्यहरूमा बजाउँदा प्रति च्याब्रुङ  पाँचसय र क्लब बाहिर च्याब्रुङ बजाउन लगिएमा दुरि अनुसार एक हजार देखि दुइ हजारको दरले लिने गरेको क्लबका पूर्व अदक्ष्य डम्बर लिम्बुले बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार