फिक्कल । कार्तिक २ गते परेको बर्षाको कारण क्षतिग्रस्त भएको मैयु खोलाको पूल निर्माणकार्य शुरु भएको छ । पुल मर्मत कार्यको माइजोगमाइ गाउँपालिकाका अध्यक्ष कुश बहादुर थेबे र प्रमुख प्रसासकीय अधिकृत भागवत प्रसाद रेग्मीको टोलीले अनुगमन गरेको छ ।
क्षतिग्रस्त पुल मर्मतको काम १५ दिन भित्र काम सम्पन्न गर्ने जानकारी निर्माण ब्यवसायिहरुले जनाएको छ । सूर्योदय नगरपालिकाको लगानीमा अहिले मयूखोला पुल मर्मतको काम हुँदै आएको छ । इलामको फिक्कल नयाँबजार सडक खण्डमा रहेको मयु खोलाको पुल मर्मतका लागि माईजोगमाई गाउँपालिकाले पनि लगानी गर्नुपर्ने देखिन्छ ।
