नयाँबजार । इलामको माइजोगमाई गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका कुशबहादुर थेवे निर्वाचित भएपछि अहिले कार्यकर्ताहरुले खुशी मनाएका छन् । गत स्थानीय तहको निर्वाचनमा समेत नेकपा एमालेले बिजय हासिल गरेको थियो । तर निर्वाचित अध्यक्ष जितबहादुर राईले नेकपा एकिकृत समाजवादी रोजेपछि एमालेलाई विरासत जोगाउन चुनौती थियो ।
अहिले कुश बहादुरले विरासत फर्काएका छन् । गठबन्धनबाट उम्मेद्वार बनेका नेकपा एसका जीतबहादुर राईलाई २२२ मतान्तरले थेवे बिजयी भएका थिए । थेबेले ५१३५ मत ल्याउँदा राईले ४९२३ मत प्राप्त गरेका थिए। उपाध्यक्षमा भने नेपाली कांग्रेसकी प्रविना राई बिजयी भएकी छन् ।

