Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

गोलाप्रथाबाट माईजोगमाई–१ वडाध्यक्षमा नेकपा एमालेका यामकुमार बिजयी

गोलाप्रथाबाट माईजोगमाई–१ वडाध्यक्षमा नेकपा एमालेका यामकुमार बिजयी

  • राेशन काफ्ले
  • मंगलबार, जेष्ठ ३ २०७९


गोलाप्रथाबाट माईजोगमाई–१ वडाध्यक्षमा नेकपा एमालेका यामकुमार बिजयी

नयाँबजार । गोलाप्रथाबाट माईजोगमाई गाउँपालिका–१ को वडाध्यक्षमा नेकपा एमालेका याम कुमार कार्की बिजयी भएका छन् । बैशाख ३१ गते सम्पन्न मतगणनामा नेकपा एमालेका कार्की र नेपाली कांग्रेसका टेकबहादुर शाहले १०८४ मत ल्याएपछि वडाध्यक्ष निक्यौल हुन सकेको थिएन् ।

आज गरिएको गोलाप्रथाबाट नेकपा एमालेका उम्मेदवार कार्की दोश्रो पटक वडाध्यक्ष निर्वाचित भएका हुन् । १ नम्बर वडाको जनप्रतिनिधि निक्यौल नभएसम्म वडा नं ६ को मतगणना कार्य रोक्न गठबन्धनका दलहरुले निर्वाचन कार्यालयलाई लिखित आग्रह गरेपछि आज वडाध्यक्षको निर्णय भएको हो ।

हिजोबाट स्थगित वडा नं ६ को मतगणना सुरु हुने भएको छ । वडा नं ५ सम्मको मतपरिणाम सार्वजनिक भइसक्दा नेकपा एमालेबाट अध्यक्षका उम्मेदवार कुशबहादुर थेवेले ४८ मतको अग्रता कायम गरेका छन् । उनले ४ हजार ३२९ मत पाउँदा गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकिकृत समाजवादीका जित बहादुर राईले ४ हजार २८१ मत पाएका छन् ।

उपाध्यक्षमा नेपाली कांग्रेसकी प्रविना राईले ३६४ मतान्तरको अग्रता बनाएकी छन् । उनले ४ हजार ५०३ मत पाउँदा नेकपा एमालेकी सावित्रा भट्टराईले ४ हजार १३९ मत पाएकी छन् ।

इलामको माइजोगमाई गाउँपालिका वडा नं १ मा दूई अध्यक्षको मत बराबरी

https://www.facebook.com/Localsandesh/videos/681612189794728

प्रतिक्रिया
सम्बन्धित समाचार