देउमाई । कच्चि सडकलाई १० मिटर चौडा गर्ने काम सकिएपछि इलामको देउमाई नगरपालिकाले सडक कालोपत्रे काम शुरु गरेको छ । नगरपालिकाले रणनैतिक महत्वका छनौट गरेका सडकलाई क्रमागत रुपमा सडक कालोपत्रेको काम शुरु गरेको हो ।
देउमाई नगरपालिकाले सबै वडाबाट नगरपालिकाको केन्द्र रहेको मंगलबारे बजार जोड्ने सडकको चौडा गर्ने काम सकेको छ । सडकको ट्रयाक खन्ने र नगरस्तरीय सडक चौडा गर्ने काम सकेको नगरपालिकाले कालोपत्रेको काम सुरु गरेको छ ।
टोलस्तरसम्म कच्चि सडक खनिएको देउमाई नगरपालिकाले चालु आर्थिक वर्षदेखि नगर स्तरीय सडकको कालोपत्रेको काम शुरु भएको हो । नगरपालिकाले चालु आर्थिक वर्षमा २ हजार ५ सय मिटर सडक कालोपत्रे गर्न ठेक्का संझौता गरेको छ ।
जनप्रनितिधि निर्वाचित भएपछि नगरपालिकाले नगरको महत्वका सडकलाई १० मिटर चौडा बनाउने काम सकिएपछि कालोपत्रेको काम शुरु भएको हो । पालिकाको केन्द्र रहेको मंगलबारे बजारको बाइपासको रुपमा रहेको रहेको चाँपेखोला बसपार्क सडक कालोपत्रे शुरु भएको प्रमुख प्रशासकिय अधिकृत प्रेम प्रसाद दाहालले बताए ।
देउमाई नगरपालिकाको ३ स्थित चाँपेखोलादेखि तल्लो बुधबारे बजार क्षेत्रसम्म चालु आर्थिक स्तरमा कालोपत्रे भइसक्ने छ । मेची राजमार्गको नेपालटार गजुरमुखि सडक खण्डमा पर्ने मंगलबारे बजार क्षेत्रमा सवारीसाधनको बढी चाप हुन थालेपछि वैकल्पिक मार्गका रुपमा सडक कालोपत्रे शुरु भएको नगर प्रमुख सुर्य पोखरेलले बताए ।
२ हजार ५ सय मिटर सडक कालोपत्रेको काम सकिएपछि महत्वका ५ सडक कालोपत्रे गर्ने नगरपालिकाले तयारी गरेको छ । चाँपेखोला बुधबारे सडक कालोपत्रेको काम संघीय सरकारको समपुरक कोषबाट हुँदै आएको हो । सडकको अहिले सबबेस लगाउने काम सकिएको छ । ४ करोड ६ लाख रुपैयाँमा ठेक्का संझौता भएको सडक चालु आर्थिक वर्षमा कालोपत्रे भइसक्नेछ ।