Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाम नगरपालिका ८ को वडा भवन उद्घाटन

इलाम नगरपालिका ८ को वडा भवन उद्घाटन

  • लोकल सन्देश
  • बुधबार, कार्तिक १७ २०७८


इलाम नगरपालिका ८ को वडा भवन उद्घाटन

इलाम । इलाम नगरपालिकाले नगरपालिकाको ८ नम्बर वडा कार्यालय निर्माण गरेको छ । वडा कार्यालय भवनको बुधबार एक कार्यक्रमकाबीच नगरप्रमुख महेश बस्नेत र उपप्रमुख शुसिला नेम्वाङले संयुक्त रुपमा उद्घाटन गरे । ५७ लाख ४८ हजार ६ सय ३० रुपैयाँको लागतमा दुई तले वडा भवन निर्माण गरिएको हो । भवनको जमिन तलामा एउटा बैठक कक्ष र सौचालय निर्माण गरिएको छ । त्यस्तै पहिलो तलामा दुईवटा अफिस कोठा, एउटा सोधपुछ कक्ष, एउटा सौचालय र सौचालय समेत रहेको वडाअध्यक्षको कार्यकक्ष निर्माण गरिएको इलाम नगरपालिकाका इञ्जिनियर दिपक गुरागाईंले जानकारी दिए । इलाम नगरपालिकाले निर्माण गरेको संरचनाको धमाधम उद्घाटन गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार