Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

माईखोलामा सडेको अवस्थामा महिलाको शव फेला

माईखोलामा सडेको अवस्थामा महिलाको शव फेला

  • सन्देश सम्वाददाता
  • आइतबार, असोज ३१ २०७८


माईखोलामा सडेको अवस्थामा महिलाको शव फेला

माई : इलामको माई नगरपालिका–२ स्थित माईखोलामा सडेको अवस्थामा महिलाको शव फेला परेको छ। खोलाको बीचमा ढुंगामा अड्किएको अन्दाजी ६०/६५ वर्षकी महिलाको शव सडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

रातो पटुकी बाँधेको, कालो रातो लुंगी, रातो कालो बुट्टे मखमलको भेस्ट, कालो पोते, हातमा बाला लगाएको महिलाको शव रहेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी निरीक्षक किशोर तामाङले जानकारी दिए।

शवलाई जिल्ला अस्पतालमा राखिएको छ। प्रहरीले उक्त हुलिया भएकी महिला हराएको भए जिल्ला प्रहरी कार्यालय इलामको सम्पर्क नम्बर १०० वा ९८५२६८०७१० वा ९८५२६९००३० मा सम्पर्क गर्न अनुरोध गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार