Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

खड्काद्धारा सरकारी सुविधा नलिने घोषणा

खड्काद्धारा सरकारी सुविधा नलिने घोषणा

  • सन्देश सम्वाददाता
  • मंगलबार, कार्तिक २१ २०७४


खड्काद्धारा सरकारी सुविधा नलिने घोषणा

इलाम । इलाम क्षेत्र नं. २ को १ का प्रदेशसभामा नेपाली काँग्रेसको तर्फबाट उम्मेद्वार बनेका डम्बर खड्काले विजयी भएमा कुनै सरकारी सुविधा नलिने घोषणा गरेका छन ।
खड्काले प्रदेशसभा सदस्यमा जितेर गए पछि आफुले पाउने सबै सरकारी सेवा सुविधा आफ्नो क्षेत्रमा रहेका बृद्ध–बृद्धाहरुको भत्तामा थपेर दिने घोषणा गरेका हुन् । विगत लामो समय देखि एक सफल निमार्ण व्यावसायी तथा समाजसेवीको रुपमा चिनिएका खड्काले भने– ‘मलाई कुनै पनि सरकारी पैसाको लोभ छैन । म समाजको लागि सेवा गर्न राजनीतिमा होमिएको हुँ । देशको विकासमा लगातार लागि पर्नेछु ।’

 

प्रतिक्रिया
सम्बन्धित समाचार