Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

एमालेको सन्दकपूरमा ५ वटै वडामा अगुवा कार्यकर्ता भेला सम्पन्न

एमालेको सन्दकपूरमा ५ वटै वडामा अगुवा कार्यकर्ता भेला सम्पन्न

  • लोकल सन्देश
  • सोमबार, असोज १८ २०७८


एमालेको सन्दकपूरमा ५ वटै वडामा अगुवा कार्यकर्ता भेला सम्पन्न

सन्दकपूर । नेकपा एमाले सन्दकपूर पालिका कमिटीको आयोजना ५ वटै वडामा अगुवा कर्याकर्ता भेला सम्पन्न भएको छ । पछिल्लो राजनितिक अवस्था र वडा संगठन विस्तारका लागि अगुवा कार्यकर्ता भेला आयोजना गरिएको हो ।
एमाले फुटेर एकिकृत समाजवादी बनेपछि पार्टीलाई एकढिक्का बनाउने योजना साथ ५ वटै वडामा अगुवा कार्यकर्ता भेलाको आयोजना गरिएको एमाले सन्दकपूरका अध्यक्ष याम राईले बताए ।
५ वडा रहेको सन्दकपूर पालिकामा भदौँ २६ मा पालिकास्तरीय अगुवा कार्यकर्ता भेला आयोजना गरेको थियो । पालिकास्तरीय भेलापछि वडास्तरीय भेला आयोजना गरिएको एमाले सन्दकपूर पालिका कमिटीले जनाएको छ । वाड भेलामा सन्दकपूर गाउँपालिका अध्यक्ष तथा एमालेका नेता उदय राई, उपाध्यक्ष शोभा पराजुली, उमेश गुरुङ्ग लगायत नेताले प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार