कुटिडाँडा । इलामको रोङ गाउँपालिकाले ग्रामीण अल्ट्रासाउण्ड सेवा अर्थात भिडियो एक्सरे संचालनमा ल्याएको छ । रोङ गाउँपालिकाको ग्रामिण क्षेत्रमा रहेका गर्भवति महिलाहरुको लक्षित गरि भिडियो एक्सरे सेवा ल्याइएको हो । गर्भवती अवस्थाका महिलाहरुको स्वास्थ्यमा ध्यान दिँदै बच्चाको अवस्था साथै आमा र बच्चाको स्वास्थ राम्रो रहोस सो सेवा संचालनमा ल्याएको हो । गाउन्पालिकाले ग्रामिण अल्ट्रासाउन्ड सेवा सबै वडामा संचालन गर्ने योजना बनाएको छ । सेवा संचालन भएपछि यस ग्रामिण क्षेत्रका गर्भवति महिलाहरुको गर्भमा भएको बच्चा र आमामा देखिएको स्वास्थ्य समस्या समयमै पहिचान हुने भएकाले उपचारका लागि सहज हुने रोङ गाउँपालिका ३ का वडाध्यक्ष मात्रिका बरालले बताए ।
गर्भवती महिलाको स्वास्थ्यमा समस्या भएमा थप उपचारका लागि अस्पतालमा पठाउन सहजिकरण गाउँपालिकाको स्वास्थ शाखाले सहजीकरण गर्ने छ । भिडियो एक्सरे सेवा रोङ गाउँपालिकाको छ वटै वडाको स्वास्थ चौकी बाट दिइने रोङ गाउँपालिकाले जनाएको छ । इलामको रोङ गाउँपालिकामा ग्रामिण अल्ट्रासाउण्ड सेवा संचालनको पालिका उपाध्यक्ष चन्द्रकला राईले आइतबार उद्घाटन गरेकी थिइन् ।