रोङ । प्रतिनिधी तथा प्रदेशसभाको उम्मेदवारहरुको मनोनयसँगै गाँउगाँउमा प्रचार समिती निर्माण सुरु भएको छ । शनिवार रोङ गाँउपालिकामा नेकपा एमाले र माओवादी केन्द्रको २१ सदस्यीय संयुक्त बाम गठबन्धन निर्वाचन प्रचारपसार समिती निर्माण गरिएको छ ।
रोङ गाँउपालिका–३ कुटिडाँडामा भेला भएका बाम कार्यकताहरुको भेलाबाट नवराज कट्टेलको नेतृत्वमा १० जना माओवादी केन्द्रका तथा बृहस्पती खतिवडाको नेतृत्वमा ११ जना एमालेका कार्यकताहरु सम्मिलित परिचालन समिती गठन गरिएको हो ।
निर्वाचन क्षेत्र नं १ को २ चुनाव प्रचार समिती संयोजक चित्रकला बराइलीको अध्यक्षतामा भएको भेलाका प्रमुख अतिथी जिल्ला स्तरिय बाम गठबन्धन संयुक्त निर्वाचन परिचालन समितीका सदस्य छविराज राई रहेका थिए । भेलामा दुवै पार्टीका ३५ भन्दा बढी नेता कार्यकताहरुको उपस्थिती रहेको थियो ।