इलाम । सरकारले जनताका घरमा विद्युतको उज्यालो पुर्याउने योजना ल्याएपछि इलामका सन्दकपूर भित्रका ग्रामीण बस्ति विद्युतको केन्द्रिय प्रशारण लाइन विस्तारको कामले तिब्रता पाएको छ । जनताको माग बढी र स्थानीय तहका जनप्रनिधिले पनि विद्युत विस्तारलाई प्राथमिताका दिएपछि विद्युत विस्तारको काम इलाममा तिब्रताका साथ हुँदै आएको हो ।
जनताको माग बढी भएपछि इलामका ग्रामीण बस्तिमा विद्युत विस्तारको कामले तिब्रता पाएको सन्दकपूर गाउँपालिका अध्यक्ष उदय राईले बताए । स्थानीय तहका जनप्रनिधिले पनि विद्युत विस्तारको योजनामा प्राथमिताका दिएर बजेट विनियोजन गरेसँगै विद्युत विस्तारको काम इलाममा तिब्रताका साथ हुँदै आएको हो ।
चार वर्ष अघि जिल्लाको उत्तरी सन्दकपूर गाउँपालिकाभित्र विद्युतिकरणको काम ३० प्रतिसत मात्रै थियो । २५ मेगावाट विद्युत उत्पादन गर्ने माथिल्लो माईखोला विद्युत आयोजना रहेको सन्दकपूर भित्रका ३ वडामा विद्युतिकरण भएकै थिएन । तर संघीय सरकारले ५ वर्षमा विद्युतिकरण गरिसक्ने योजना अघि ल्याएपछि सन्दकपूर गाउँपालिकाले पनि लगानी गरि विद्युत विस्तारको काम हुँदै आएको गाउँपालिका उपाध्यक्ष शोभा पराजुलीले बताइन् । सन्दकपूर पालिका भित्र विद्युतिकरणको काम चालु आर्थिक वर्षमा सक्ने योजना रहेको छ ।
सन्दकपूर गाउँपालिका भित्र अहिले ८० प्रतिशत जनसंख्याको घरमा विद्युत प्राधिकरणको केन्द्रिय प्रशारण लाइनबाट विद्युतको उज्यालो पुगेको प्रमुख प्रशासकिय अधिकृत महेश राईले बताए ।
नेपाल विद्युत प्राधिकरण र गाउँपालिकाको लगानीमा ३६३६ मिटर उचाई रहेको इलामको अग्लो पर्यटकीय क्षेत्र सन्दकपूरमा पनि केन्द्रिय प्रशारण लाइन पुगिसकेको छ । विद्युत विस्तारको काम ५ वर्षमा सक्ने योजना अनुरुप चालु आर्थिक वर्षमा पनि ग्रामीण बस्तिमा केन्द्रिय प्रशारण लाइन पु¥याउने काम भइरहेको छ ।
विद्युत विस्तारको काम भएपछि वर्षौदेखि टुकिको भरमा बस्दै आएका ग्रामीण क्षेत्रका बासिन्दा अहिले खुशि भएका छन् । इलाममा कोरोना माहामारीका बिच पनि विद्युत विस्तारको कामलाई विद्युत प्राधिकरणले निरन्तरता दिएको छ ।
इलाममा ७६ प्रतिसत जनसंख्याको घरमा विद्युत प्राधिकरण मार्फत विद्युतको उज्यालो पुगेको छ । पछिल्लो चार वर्षमा मात्रै इलाममा ३५ प्रतिशत जनसंख्याको घरमा विद्युतिकरण भएको विद्युत प्राधिकरण इलाम वितरण केन्द्रका प्रमुख पंकज गोइतले बताए ।