Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

बिमा गर्न नपाउँदा समस्यामा किबि किसान समस्यामा

बिमा गर्न नपाउँदा समस्यामा किबि किसान समस्यामा

  • सुजन तिमल्सिना
  • शनिबार, भाद्र १९ २०७८


बिमा गर्न नपाउँदा समस्यामा किबि किसान समस्यामा

इलाम । इलाममा व्यवसायीक रुपमा किबि खेती भएपनि किबी बालीको बिमा गर्ने व्यवस्था नहुँदा किसान समस्यामा छन् । असिना पानि, हावा हुण्डरी र प्राकृतिक प्रकोपबाट हरेक वर्ष किबि बगानमा क्षति हुँदा किसानले करोडौँ नोक्सानी बेहोरीरहेका छन् ।
सरकारले कृषि बालीमा पनि बिमा गर्ने व्यवस्था गरेपनि अहिलेसम्म किबी खेतीमा बिमा गर्न किसानले पाएका छैनन् । किबि बालीको बिमा गर्ने बिषयमा बिमा लेख तयार नहुँदा किसानले बिमा गर्न नपाएका हुन् । बिमा लेख कृषि मन्त्रालय र बिमा समितिले तयारी गर्नुपर्ने हुन्छ । बिमा लेख तयार भएपछि मात्रै बिमा गर्ने व्यवस्था भएकाले किसानले लाखौँ रुपैयाँ बराबरको किबि फलको क्षति बेहोर्नुपरेको छ । बिमा गर्ने व्यवस्था भएमा क्षतिपूर्ती पाइने भएकाले किसान पेशाबाटै विस्थापित हुने अवस्था नआउने किबि खेतीका अगुवा किसान तारामणि खतिवडाले बताए ।
इलाममा कृषि बालीको बिमा गराउने काम नेको इन्स्योरेन्सले गर्दै आएको छ । बिमा गर्ने काम प्रभावकारी बनाउन प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना किबि जोन कार्यक्रमबाट कृषि बिमा अभिकर्ता तालिम प्रदान समेत गरिएको छ । आम्दानी राम्रो हुने किबि खेती गर्ने किसानले बिमा गर्न इच्छुक भएकाले बिमा लेख तयार गर्न कृषि मन्त्रालयसँग समन्वय भइरहेको किबि जोन इलामका प्रमुख जिवलाल लम्सालले बताए ।
२०७८ बैशाखमा गएको असिनापानीले किबि खेतीमा अधिक क्षति गरेपछि किसान बिमाप्रति आकर्षित भएका थिए । फल लाग्ने बेलामा परेको असिना पानीले ९० प्रतिशत इलामका किबि बगानमा क्षति पुर्याएको थियो । इलाम नगरपालिका र सन्दकपूर गाउँपालिमा कित्रि जोन कार्यक्रम संचालनमा रहेको छ ।
इलामको किबि जोन क्षेत्रमा ४ करोड ७८ लाख बराबरको क्षति भएको जिल्ला दैविक प्रकोप उद्धार समितिबाट  निर्णय गरि राहातका लागि कृषि मन्त्रालयमा पठाएको छ । असिनापानीले ६ सय २५ रोपनी क्षेत्रफलको किबि बगानमा ३ लाख १२ हजार किलो क्षति किबि फल नष्ठ भएको थियो । इलाममा ३ सय २५ हेक्टर क्षेत्रफलमा किबि खेती हुँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार