दानाबारी । इलामको माइ नगरपालिकाको प्रशासनिक भवन एक कार्यक्रमका बीच बुधबार उद्घाटन गरिएको छ। मेयर दिपक कुमार थेवेले ४ तले प्रशासनिक भवन एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् । पुरानो भवनमा सञ्चालन हुँदै आएको काम अब माई नगरपालिकाको प्रमुख प्रशासकिय भबन निर्माण सम्पन्न पछि नयाँ भबनबाट सेवा शुभारम्भ गरिएको हो ।
भवन निर्माणका लागि संघीय सरकारले एक करोड ५० लाख रुपैयाँ सहयोग गरेको थियो । एक करोड ५० लाख रुपैयाको लागतमा तीन तले भवन निर्माण सम्पन्न भएको हो । त्यसमा ६१ लाख रुपैयाँ थप गरि नगरपालिकाले चौथो तलामा सभा हल, पालिका घेराबारा र ईन्टरलक निर्माण सम्पन्न भएको लेखा अधिकृत क्षेत्रनाथ शर्माले जानकारी दिए । भव निर्माण भएपछि नगरबासीको सेवा प्रभावमा सहज भएको छ । स्थानीय तह गठन भएपछि तत्कालिन दानाबारी गाविसको भवनमा प्रशासनिक काम हुँदै आएपनी नयाँ भवन बनेपनि काम गर्न सहज भएको प्रशासकिय अधिकृत नविन पौडेलले बताए ।

स्थानीय पण्डित टेकनाथ भट्टराईद्वारा स्बस्तिक बाचन सहित पाठ पुजा गरि सम्पन्न भबन उद्घाटन कार्यक्रममा उपमेयर बिष्णुमाया आचार्य, वडाध्यक्ष मुखराज आङ्देम्बे, राम प्रसाद सदेम्वा, कार्यपालिका सदस्यहरु, कर्मचारीहरु , संघ संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।