Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

मदन भण्डारी राजमार्गमा पर्ने चुलाचुलीका तीन खोलामा पुल निर्माणको थालनी

मदन भण्डारी राजमार्गमा पर्ने चुलाचुलीका तीन खोलामा पुल निर्माणको थालनी

  • सुजन तिमल्सिना
  • मंगलबार, भाद्र ८ २०७८


मदन भण्डारी राजमार्गमा पर्ने चुलाचुलीका तीन खोलामा पुल निर्माणको थालनी

चुलाचुली । पूर्वी नेपालबाट पश्चिम नेपालसम्म जोडिने मदन भण्डारी चुरे राजमार्गको इलाम खण्डमा पर्ने खोलाहरुमा पुल निर्माणको काम थालिएको छ । राजमार्गको इलाम खण्डमा पर्ने तीन वटा खोलाहरुमा पुल निर्माणको काम थालिएको हो ।
चुरे क्षेत्रमा पर्ने बस्तीलाई राष्ट्रिय राजमार्गको पहुँचबाट जोड्ने आयोजनाबाट झापास्थित बेलडाँगीदेखि इलामको चुलाचुली खण्डमा पुल निर्माण हुँदै आएका छन् । राजमार्गको इलाम चुलाचुली गाउँपालिका भित्र ५ खोलामा पुल निर्माणको डिपिआर सम्पन्न भएका मध्ये तीन वटाको काम थालिएको हो ।
झापाको बेलडाँगीबाट इलाम चुलाचुली जोड्ने रतुवा खोला, इलाम चुलाचुलीको बुकुवा र विधुवा खोलामा पुल निर्माणको ठेक्का संझौता भइ निर्माणको काम शुरु भएको छ । मदन भण्डारी चुरे राजमार्गको सर्भेको काम इलामको चुलाचुली र माई नगरपालिकाको शुखानीसम्म सकिएको छ । सडक सर्भेपछि पुल निर्माणको थालनीले जनाता खुशियालीभएको चलाचुली गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राईले बताए ।


ठेक्का संझौता भएका पुल मध्ये रतुवा खोलामा पुल निर्माणको काम शुरु भइसकेको छ । एक सय ५० मिटर लामो पुल निर्माणको काम अहिले ४५ प्रतिशत सकिएको छ । बिधुवा र बुकुवा खोलामा पुल बनाउने कम्पनीले साइडमा निर्माण सामाग्री ढुवानीको काम गरिरहेको छ ।
तीन वटा पुल निर्माणका लागि २०७७ भदौमा तुम्बी कष्ट्रक्सन प्रालिसँग ठेक्का संझौता भएको राजमार्ग आयोजना कार्यालय दमकका इञ्जिनियर श्याम यादवले बताउनुभयो । ३४ करोड ९ लाख १२ हजारमा ठेक्का संझौता भएका तीन वटै पुल २०८० जेठ महिनाभित्र सम्पन्न गर्नुपर्ने हुन्छ ।
चुलाुचलीमा पर्ने बुकुवा खोलामा ४० मिटर र विधुवा खोलामा एक सय १० मिटर लामो पुल निर्माण हुनेछ । चुलाचुलीमै पर्ने चाजु र बागद्धार खोलामा पुल निर्माणका लागि डिपिआरको काम सम्पन्न भइसकेका छन् ।
१२ सय ५० किलोमिटर लामो चुरे मदन भण्डारी राजमार्गको पूर्वी खण्ड धरान देखि इलामको चुलाचुली हुँदै झापाको बाहुनडाँगीसम्म १ सय २० किलोमिटर सडक कालोपत्रे गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार