Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

फिक्कल सवस्टेसनमा पशुपतिनगर फिडर निर्माणपछि जनताका घरमा नियमित विद्युत प्रशारण

फिक्कल सवस्टेसनमा पशुपतिनगर फिडर निर्माणपछि जनताका घरमा नियमित विद्युत प्रशारण

  • सन्देश सम्बाददाता
  • शनिबार, साउन ९ २०७८


फिक्कल सवस्टेसनमा पशुपतिनगर फिडर निर्माणपछि जनताका घरमा नियमित विद्युत प्रशारण

इलाम । नेपाल विद्युत प्राधिकरण इलाम वितरण केन्द्रले पूर्वी इलामको फिक्कलमा रहेको सवस्टेनको फिक्कल फिडर विभाजन गरेको छ । एक फिडरबाट सयौँ जनताका घरमा विद्युत बाल्नका लागि प्रयोग भएको प्रशारण लाइन लामो भएपछि फिडर विभाजन गरि प्रशारण लाइन छोटो बनाइएको हो ।
इलामको सुर्योदय, रोङ र माईजोगमाई गाउँपालिका भित्र विद्युत प्रशारण हुँदै आएको फिक्कल सवस्टेसनमा एकमात्र फिडर रहेको थियो । फिक्कल फिडरबाट सयौँ जनताका घरमा विद्युत वितरण हुँदै आएपनि मर्मत गर्नुपर्दा, हावाहुरीले विद्युतिय पोलमा क्षति पुग्दा विद्युत लाइन काट्नुपर्ने बाध्यताले जनताका घरमा नियमित विद्युत पुग्न सकेको थिए । तर अहिले फिक्कल फिडर विभाजन गरि पशुपतिनगर क्षेत्रका लागि छुट्टै फिडर बनाएपछि नियमित विद्युत प्रशारणमा सहज हुनुका साथै मर्मत गर्नुपर्दा र हावाहुरीले विद्युतिय पोलमा क्षति पुग्दा तीन स्थानीय तहकै जनताका घरमा विद्युत कट्ने समस्या हटेको नेपाल विद्युत प्राधिकरण इलाम वितरण केन्द्रका प्रमुख पंकज कुमार गोइतले बताए ।
फिक्कल सवस्टेनशनमा रहेको फिक्कल फिडर अन्तरगत एक सय ५५ किलोमिटर लामो विद्युत प्रशारण लाइन रहेको थियो । सो लाइन निकै लामो हुँदा नियमित विद्युत प्रशारणमा समस्या हुने र प्राविधिक लस ज्यादै हुने गरेको थियो । ‘११ हजार भोल्टेजको प्रशारण लाइन लामो हुँदा, प्राविधिक समस्या धेरै आउने र जनताका घरमा नियमित विद्युत पु¥याउन कठिन थियो प्राधिकरण इलाम वितरण केन्द्रका प्रमुख गोइतले भने–‘अहिले फिडरको विभाजनपछि जनताका घरमा नियमित विद्युत पुगेको र प्राविधिक लस पनि सुधार आएको छ ।’ एक सय ५५ किलोमिटर लामो फिक्कल फिडर परिवर्तनपछि अहिले पशुपतिनगर फिडरबाट ५५ किलोमिटर क्षेत्र र फिक्कल फिडरबाट एक सय किलोमिटर क्षेत्रका जनताका घरमा विद्युतको उज्यालो पुगेको छ ।
प्राधिकरणले झापाको अनारमनिबाट आएको ३३ केभि प्रशारण लाइनलाई सुर्योदय नगरपालिका १० को बरबोटे क्षेत्रबाट पशुपतिनगर फिडर अन्तरगतको प्रशारण लाइनबाट जनताका घरमा विद्युतको उज्यालो पु¥याएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार