इलामः बाम गठवन्धन इलामले आसन्न मंसिर २१ गतेको दोश्रो चरणको चुनावको लागी तयारी तिव्र रुपमा अघि बढाएको छ । निर्वाचन लक्षित गरी गठनबन्धनले ११ सदस्यीय संयुक्त निर्वाचन परिचाल समिती गठन गर्ने निर्णय गरेको छ ।
नेकपा एमालेको पार्टी कार्यालयमा शनिवार भएको बाम गठबन्धन निर्वाचन परिचालन समितीको बैठकले एमालेको तर्फबाट रामबहादुर राना, भक्त केसी, महेश बस्नेत, गणेश बराल, नवराज शंकर, चित्रकला बराइली तथा माओवादी केन्द्रको तर्फबाट कान्छा लावती, सिन्धु राई, राज राई, तेजबहादु राई र अनिल बराइली रहने गरी संयुक्त निर्वाचन परिचालन समिती बनाउने निर्णय गरेको हो । त्यसै गरी आजैबाट सम्र्पुण कामलाई व्यवस्थित रुपमा अघि बढाउन एमाले इलामको कार्यालयमा सचिवालय स्थापना गरिएको छ ।
एमाले अध्यक्ष राम राना तथा माओवादी केन्द्रका कार्यवाहक इन्र्चाज कान्छा लावतीद्वारा हस्ताक्षरित संयुक्त प्रेस वक्तव्यमा आगामी कार्तिक १३ गतेबाट निर्वाचन लक्षित कार्यक्रमहरु तय गरिएको छ । गठवन्धनले आगामी कार्तिक १३ गते क्षेत्र नं १ को फिक्कल तथा क्षेत्र नं २ को मंगलबारेमा निर्वाचन क्षेत्रिय स्तरीय भेला आयोजना गरी प्रतिनिधी सभा तथा प्रदेशसभा निर्वाचन क्षेत्रिय स्तरिय निर्वाचन परिचालन कमिटीहरु गठन गर्ने निर्णय गरेको छ ।
भेलामा एमालेको तर्फबाट जिल्ला कमिटी, प्रतिनिधी सभा क्षेत्रिय समन्वय कमिटी र सवै नगर÷गाँउ संगठन कमिटीका सवै पदाधिकारी सदस्यहरु तथा माओवादी केन्द्रको तर्फबाट जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरु सवैको उपस्थिती रहनेछ । सोही भेलाले प्रतिनिधी सभा तथा प्रदेश सभा क्षेत्रिय स्तरिय संयुक्त प्रचारपसार कार्यालय स्थापना गर्नेछ ।

कार्तिक १५ गते मोर्चा संगठनहरुको संयुक्त बैठक बसाइ सक्न जनसंगठनहरुलाई निर्देशन गर्ने निर्णय गरिएको छ । सोही दिन नै जिल्ला समन्वय समितीको सभाकक्षमा वाम गठवन्धनको तर्फबाट इलाम जिल्लाका उम्मेदवारहरुको संयुक्त पत्रकार सम्मेलन गरिने भएको छ । कार्तिक १६ गते बिशाल जनसमुदायको उपस्थितीमा वाम गठवन्धनका सम्पुर्ण उम्मेदवारहरुको मनोनय दर्ता गरिने भएको छ । त्यसै गरी सोही दिन अपराहन्न २ बजे सदरमुकाम स्थिती गौतमबुद्ध सभागृहमा केन्द्रिय नेताहरुले सम्वोधन गरी संयुक्त जिल्ला स्तरिय अगुवा कार्यकर्ता भेला आयोजना गरिने भएको छ ।
कार्तिक १७ गते जिल्ला स्तरिय कार्यदलको समिक्षा बैठक बस्ने छ । कार्तिक १८ गते देउमाइ नगरपालिका, सन्दकपुर गाँउपालिका, रोङ गाँउपालिका र चुलाचुली गाँउपालिका, कार्तिक १९ गते इलाम नगरपालिका, माइ नगरपालिका, माइजोगमाइ र माङसेवुङ गाँउपालिका तथा कार्तिक २० गते सुर्योदय नगरपालिका र फाकफोकथुम गाँउपालिकामा संयुक्त कार्यकताहरु भेला गरिने भएको छ ।
भेलामा एमाले र माओवादीका वडा पदाधिकारी तथा सदस्यहरुको सहभागीता रहनेछ ।
संयुक्त भेलाबाट नगरपालिका÷गाँउपालिका स्तरको निर्वाचन परिचालन समिती( अनुगनम गर्ने गरी) प्रचारपसार समिती, युवा परिचालन समिती गठन गरी स्थानिय तह स्तरको संयुक्त प्रचार–पसार कार्यालयको स्थापना गरिने छ । यसै गरी वडा स्तरका संयुक्त कार्यकता भेला आयोजना गर्ने गरी ठोस कार्ययोजना निर्माण गरिनेछ । कार्तिक २१ गते जिल्ला स्तरिय कार्यदलको समिक्षा बैठक बस्नेछ ।