फिक्कल । सूर्योदय नगरपालिका वडा नम्बर १० मा किसानलाई कृषि औजार विरतण गरिएको छ । आर्थिक वर्ष २०७७÷०७८ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि औजार वितरण गरिएको हो । अनुदान कार्यक्रम अन्तर्गत ५०% छुटमाा घाँस काट्ने च्यापकटर वितरण कार्यक्रम सम्पन्न भएको हो ।
कृषिमा आधुनिकरण यान्त्रिकरण गर्दै कृषकको दैनिकीमा सहजता ल्याउने साथै कृषि पेशालाई व्यवसयीकरण गर्ने उदेश्यले किसानलाई प्रोत्साहान गरिएको वडाध्यक्ष पेमाउगेन लामा भाइचुङले बताए । किसानलाई वडाध्यक्ष पेमाउगेन लामा, कार्यपालिका सदस्य विरबहादूर लेप्चाले किसानलाई घाँस काट्ने च्यापकटर प्रदान गरेका थिए । कृषि पेशामा आवद्ध कृषकहरुलाई प्रोत्साहित गर्ने उदेश्यले वडाका १५ जना कृषकहरुलाई आज एक कार्यक्रमको बीच च्यापकटर बितरण गरिएको हो ।