Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

मेचीराजमार्गकोे पुरै सडक खण्ड पुनःस्थापना शुरु

मेचीराजमार्गकोे पुरै सडक खण्ड पुनःस्थापना शुरु

  • सुजन तिमल्सिना
  • शुक्रबार, चैत्र १३ २०७७


मेचीराजमार्गकोे पुरै सडक खण्ड पुनःस्थापना शुरु

इलाम । तराईबाट पूर्वी नेपालका पहाडी जिल्ला जोड्ने एक मात्र मेचीराजर्गको पुनःस्थापनाको काम शुरु भएको छ । सडक निर्माण भएपछि धेरैवर्षदेखि पुनःस्थापनाको काम नभएको राजमार्गको इलामको चिहानडाँडादेखि ताप्लेजुङ्ग सदरमुकामसम्म नै पुनः कालोपत्रे गरि पुनःस्थापनको काम गरिने सडक डिभिजन इलामका प्रमुख अविमान मूल्मि बताए ।
झापाको चारआलीदेखि पूर्वी नेपालका पहाडी जिल्ला जोड्ने मेचीराजमार्गको पुनःस्थापनाको काम शुरु भएको हो । इलाम झापाको सीमा क्षेत्र चिहानडाँडाबाट ताप्लेजुङ्गको सुकेटारसम्मको २ सय ४ किलोमिटर नै पुनःस्थापनाको काम थालिएको छ ।


सवारी चापका कारण क्षतिग्रस्त भएको मेचीराजमार्ग पुनः कालोपत्रे गरि व्यवस्थित गरिँदै आएको हो । ५ वर्षको अन्तरमा गरिनुपर्ने सडक पुनःस्थापनको काम यस अघि हुन सकेको थिएन । सडक बोर्डको लगानीमा सडक डिभिजन इलामबाट हुने पुनःस्थापनाको काम अहिले दुई वटा सडक खण्डको संझौता भइसकको छ । बाँकीको ६ वटा खण्डको ठेक्का संझौताका प्रक्रिया अन्तिम चरणमा रहेको छ ।
अहिले चिहानडाँडा फिक्कल र फिदिम गोपेटार सडक खण्डमा ठेक्का संझौता गरि पुनः कालोपत्रे गर्ने काम भइरहेको छ । बाँकी सडक खण्डमा पुनःस्थापनाको काम गर्न ठेक्का संझौताको काम अन्तिम अवस्थामा रहेकाले चैत्र १५ गतेपछि निर्माण कम्पनीसँग संझौता हुने सडक डिभिजन इलामका लेखा अधिकृत फिरोज आलमले बताए ।


सडक पुनःस्थापनाका लागी सडक बोर्डले सडक डिभिजन इलामलाई दूई चरणमा बजेट विनियोजन गरेको थियो । बोर्डले पहिलो चरणमा १५ करोड २ लाख ९० हजार र दास्रो चरणमा २२ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । इलाम, पाँचथर र ताप्लेजुङ जोड्ने एक मात्र राजमार्ग जोड्ने सडक पुनः कालोपत्रेको काम यसै आर्थिक वर्षमा सकिनेछ ।
राजमार्गको चिहानडाँडा सुकेटार सडक खण्डलाई सडक डिभिजनले ८ वटा प्याकेजमा विभाजन गरेको छ । सडक पुनः कालोपत्रेसँगै साघुरो रहेको घुम्ति र मोडहरुको पनि चौडा गरिने छ । घुम्ति र मोडहरुमा सडक साघुरो भएकाले ठाउँठाउँ चौडा गर्ने काम पनि भइरहेको सडक डिभिजन इलामका प्रमुख अविमान मूल्मि जानकारी दिए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार