काजिमान कागते पुर्वी इलामको चर्चित नाम हो । नेकपा एमालेको क्षेत्रीय अध्यक्ष समेत भइसकेको काजिमान कागतेको नाम पूर्वी इलामका सबैजसोको जनजिब्रोमा थियो स्थानीय तहको चुनावका बेला । एक पार्टीको नेतृत्व गरेपनि विकास र समाजिक काममा राजनीति भन्दा माथि उठेर काम गर्दै आएका कागते चिया किसानसँगै उद्योगी पनि हुन् । पुर्वी इलामको कृषि क्षेत्र, विकास निर्माण पछिल्लो राजनीतिका बारेमा गरिएको संक्षिप्त कुराकानी
अहिलेको राजनितिलाई कसरी लिनुभएको छ ?
इलामको गतिविधीलाई फर्केर हेर्दा सवै दलको अस्तित्व काम कुरा समग्रमा राम्रो छ । एमालेको हैसियतले सोध्नु भएको हो भने एमालेको स्थानिय चुनाव र विगत हेर्ने हो भने बलियो देखिन्छ । अर्को पाटोमा मंसिर १० र २१ को भन्ने हो भने एमालेको प्रदेश र प्रतिनिधीसभाको निर्वाचनमा बिजय सुनिश्चित छ ।
स्थानीय तहको निर्वाचनबाट इलाममा पहिलो पार्टी एमाले हो । विकास निर्माणका काम कसरी बढाउने पार्टीको निती छ ?
विकासका गतिविधी निर्माणमा जिल्लाको मात्र नभइ मुलुक परिर्वतनमा राष्ट्रिय निती नभए हित हुँदैन । निती कार्यक्रम, भिजन सहितको सरकार आउनुपर्छ । मुलुकको आर्थिक समृद्धी, आय आर्जन, विकास निर्माण, आयात निर्यात, कलकारखाना, खनिज लगायतलाई कसरी बढाउने भन्ने भिजन सहितको सरकार आवश्यक पर्छ । यदि त्यस्तो सरकार आए मात्र तल्लो तहसम्म भिजन सहित जान सक्छ । एमालेले विगतमा खेलेको भुमिकाको हिसाबले आगामी दिनमा सरकार बनेर जान सक्यो भने केन्द्रको नितीलाई जिल्लाले बढाउनेमा २ मत छैन । तै पनि इलामको हकमा हरेक स्रोतसाधनले सम्पन्न छ । निती कार्यक्रमको खाँचो हो । मुलुकमा संविधान मै प्रश्न उठेकाले समस्या थियो ।
अव कार्यान्वयन भएको छ । इलामको चिया खेती देखी लिएर पर्यटन, नगदेवाली, कृषि सबैलाई जोडने हो भने इलामको समृद्धीमा २ मत देखिदैन । स्थानिय निकाय देखी केन्द्रसम्म समन्वय भएमा एमालेले जिल्लामा खेल्ने भुमिकाले विकास हुँदैन भन्नेमा २ मत नभए हुन्छ ।
स्थानीय तहको निर्वाचनमा सुर्योदय नगरपालिकाको मेयरमा चर्चा थियो भएन । तपाईको अबको भुमिका के हुन्छ ?
तत्कालिन अवस्थामा म आफु क्षेत्रिय अध्यक्ष थिए । संघियताका कारण क्षेत्रिय समिती विघटन भएको छ । नगर प्रमुखको उम्मेदवारमा मेरो नाम आएको हो । अध्यक्ष भएको हैसियतले आफु उम्मेदवार भन्दा पनि अन्य उम्मेदवारलाई कसरी व्यवस्थापन गरेर बिजय हासिल गराउने मेरो दायित्व थियो । अन्य पार्टीका कार्यकर्ताहरुले समेत पार्टीमा योगदान दिएकाले उनीहरुलाई स्थान दिइएको हो । आखिरीमा जो उम्मेदवार भएपनि स्थानिय निकायमा एमालेले काम गर्ने हो । मैले स्थानिय निकायको प्रतिनिधी र पार्टी यि २ लाई अलग देखिन किन भने पार्टीले बनाएको निती कार्यक्रम नै स्थानिय निकायमा लागु हुने हो त्यसैले योग्य कार्यकताले काम गर्ने हो भन्ने मेरो ठम्याइ हो । पार्टीमा ३० बर्षभन्दा लामो समयदेखी योगदान दिएकोले उम्मेदवार हैन कसरी पार्टीका कार्यकर्ताहरुलाई व्यवस्थापन गरेर एमाले स्थापित गर्ने भन्ने मेरो दायित्व भएकाले त्यसैमा फर्किए । मैले आफनो पार्टीको मात्र नभइ अन्य दलको पनि सदभाव उतिकै पाएको छु । उम्मेदवार नहुँदा पार्टीको काम समाजसेवा नगर्ने भन्ने हैन ।
के अब निस्कृय बस्ने हो त ?
स्थानिय निकायमा मेयर, साँसद हुने आकाक्षा आएको छैन मुलुक परिर्वतन गरी शोषित पिडितको अधिकार, सहि सरकार र विकास हुनुपर्छ र सम्पुर्ण श्रमजिवीको उद्धार गर्नुपर्छ भन्ने लक्ष्य लिएर आएकोले उम्मेदवारीले खासै छोएन । अव आउने प्रदेशमा पार्टीले सहि ठह्याए आवश्यक्ता छ भन्ने लागेमा म तयार छु । पार्टीमा लगातार काम गरेकाले पछि हटदिन । ५५ बर्ष पुगीसके उम्मेदवारी पाएपनि पार्टीमा काम गर्ने हो नपाए पनि गर्ने हो । पार्टीको मात्र नभइ सम्पुर्ण इलामबासीको हित, संघियताको हिसाबले नेतृत्वको सबालमा सामाजिक राजनितिक, जनप्रतिनिधीको हिसाबले जनताले माया दिए पार्टीले टिकट दिए कुनै पनि ठाँउमा काम गर्नका लागी तयार छु । टिकट दिए पार्टी ठिक नदिए बेठिक भन्ने मेरो मानसिकता हैन । पार्टी छाड्ने कुरा मबाट हुँदैन । अहिलेको अवस्थामा पार्टी भन्दा पनि जनता र राष्ट्रसंग घुलमिल हुन सके भविष्य छ ।
इलाम क्षेत्र नं १ विगत ३ दशक देखी एमालेको शासन छ तर विकासले गति लिएन नी ?
एउटा पाटोमा कुरा उठनु स्वभाविक हो । झलनाथ खनाल प्रधानमन्त्री, पार्टी अध्यक्ष भइ लामो समयसम्म नेतृत्वमा बस्दा भने जस्तो उपलव्धी भएन भनेर गुनासो गर्नु स्वभाविक हो तर क्षेत्र नं १ लाई नियाल्दा जिल्लाको बजेट हेर्नुपर्छ । अन्य क्षेत्रको बजेट र विकास निर्माणसंग क्षेत्र नं १ तुलना गर्दा छ¥लङग हुन्छ । करोडौ माथी यस क्षेत्रको बजेट छ । यस क्षेत्रको सिमाना दार्जिलिङसंग जोडिएकाले विकास दु्रत गतिमा छ । जनताको आवश्यक्ता अनुसार विकासले गति लिएको पनि ठुलो क्षेत्र भएकलो विकास नदेखिएको मात्र हो । इलामको पुर्वी र पश्चिमी क्षेत्र नै नियाल्दा विकासको गति स्पष्ट देखिन्छ ।
फेरी पनि एमाले पार्टीले सूर्योदयको बहमुत सहितको नेतृत्व पाएको छ । विकासका योजना कसरी अघि बढ्ला ?
विगतमा पनि सवै मौसममा चल्ने बाटो कसरी बनाउने भन्नेमा लागी परेका थियौ । सुर्याृेदय अर्थात क्षेत्र नं १ का बासिन्दाहरुलाई कच्ची भएपनि बाटो आवश्यक प¥यो भन्ने माग आएपछि त्यस तर्फ लाग्यौ । हैन भने जति बाटो बनेको थियो ग्रावेल वा सोलिङ गर्ने निती लिएका थियौ । त्यस अनुसार काम गर्न सकेनौ । जनताको आवश्यक्ता अनुसार ट्रयाक खोल्ने काम ग¥यौ । अवको निती जति बनेका बाटो छन तिनीहरुलाई ग्राभेल, सोलिङ तथा ग्रेडमा नभएकाहरुलाई ग्रेडमा ल्याउने अवधारणा छ । अव आउने बजेट सोही अनुसार कार्यान्वयन गर्ने पक्षमा छौ ।
कृषि क्षेत्रमा आधुनिकिकरण र यान्त्रिकरण नुहुँदा अस्तव्यस्त छ । तपाईले यसलाई कसरी लिनुभएको छ ?
किसानबाट सानो उद्योग चलाएर उद्यमी पनि बनेको छु । यहाँ सानो उद्योगले पाउँनुपर्छ भन्ने पक्षमा छु । सानो हाते चिया उद्योग पनि चलाएर किसानबाट उद्यमी हुँदै जादा सर्यौको संख्यामा साना उद्योग खुले । आफै चिया विकास निगमको सदस्य पनि भए । ठयाक्कै यो बिषयमा भन्नु पर्दा हाम्रो मुलुकको संविधान, नियम कानुन ठिक ढंगले नबनेकाले यि सवै कुरा हुन नसकेको हो । अव त मुलुकले संविधान पाएको छ संघिय संरचनामा पुगेका छौ । संघिय प्रान्तिय, सिँहदरवारको अधिकार सम्पुर्ण जनतामा भन्ने छ । यि कुरा मध्यनजर गर्दा आगामी दिनमा ऐन कानुन बनाएर अघि बढे चिया खेतीमा निकै सुधार हुनेछ । अहिले समयमा चिया टिपाइ नभएकाले करोडौको क्षति भएको छ । विदेशी मुद्रा आर्जन गर्ने आन्तरिक स्रोत हो जसलाई नगदमा परिर्वतन गर्न सकेका छैनौ । जुन उद्योगले प्रशोधन गरिरहेका छन तिनीहरुले १ पात २ सुइरो अथवा १÷२ पात बढी भए ठुलो कुरो होइन तर एक भित्ता भन्दा लामो चिया प्रशोधन गर्दा ओइलाउँदा, रोल गर्दा, प्रशोधन गर्दा इन्धन र कामदार खर्च बढी लाग्छ ।
चिया गुणस्तरिय नहुँदा विदेशी बजारमा प्रतिस्पर्धा गर्न सकेका छैनौ । यो दुःख लाग्दो कुरो हो । किसान व्यपारीले पनि बुझनुपर्छ विचको काम गर्ने विचौलिय पनि व्यपारी नै हो उस्ले पनि बुझनुपर्छ । उत्पादकले सोझै उत्पादन गरेर व्यपार गर्छु भनेर पनि हुँदैन किसानले उत्पादन गरेर बजारसम्म पुग्छु भनेर पनि हुँदैन । विचमा काम गर्नेले कुन गुणस्तरको चाहिने पहिचान गर्नुपर्छ । हाल सालको रेट हेर्ने हो भने ५०–६० को बिचमा छ तर गुणस्तरिय छैन ।
नेतृत्वमा पुग्नेले त कृषि क्षेत्रको समस्यालाई देखेनन् नी ?
हो समस्या समाधान भएको छैन । कृषि क्षेत्रको आधुनिकिरण गर्दै कामदार र टिपाइ व्यवस्थापन गर्नृे हो भने करोडौको चिया नगदमा रुपान्तरण गरी किसान तथा उद्यमीलाई राहत दिन सक्छौ । विश्व बजारमा राम्रो ख्याती कमाउन सकिन्छ जसको लागी राष्ट्रिय चिया निती चाहिन्छ । टि वोर्डमा बसिरहँदा मेरो अनुभव के रहयो भने राजनितिक नियुक्ती हुन्छ जसमा मेरो आपत्ती छ । त्यहाँ योग्य राष्ट्रिय निती बनाउने चाहियो । अन्तराष्ट्रिय स्तरमा चिया खेती कसरी अघि बढेको छ त्यसको अध्ययन गर्नुपर्छ । नेपालमा यि कुराहरुको संभावना छ । आज इलाम मात्र होइन पहाडी श्रृङखला दार्जिलिङ रेन्जसँग जोडिएको छ । अझै लाखौ करोडौ हरियो चिया खेतीको संभवना छ । नेपालको कुरो गर्दा करोडौ होइन अरर्वौ ल्याउन सक्ने संभावना छ । ति कुरा गर्न राष्ट्रिय ऐन, निती र योग्य मानिसको आवश्यक्ता पर्छ ति सवै कुरा संविधानले बोलेको हुनुपर्छ र जनप्रतिनिधीले कार्यान्वयनमा ल्याउनुपर्छ । यदि ति सवै कुरा गर्न सके इलामको चिया खेतीमा भन्ने हो भने १०० मा ३० प्रतिशत नगद किसान, व्यपारी, उद्यमी र सरकारले पाउन सकेको छैन ।
प्रदेश र केन्द्रको चुनावमा प्रदेश सभामा तपाइ उम्मेदवार बन्ने चर्चा फेरी चल्दै छ नी ?
काम जिम्मेवार र काम गर्नेको चर्चा हुनु स्वभाविक पनि हो । एउटा उखान छ कि पुल भत्काउनेको चर्चा हुन्छ कि पुल बनाउनेको चल्छ रे । अहिलेसम्म पार्टी बनाउने लागियो बनाउने कै हिसाबले चर्चामा आएको होला । जहासम्म केन्द्रिय नेताले ठिकै ठम्याए भने टिकट देलान हैन भने जनप्रतिनिधी ठिक छैन पार्टीमा ठिक छ भनेर राख्यो भने आपत्ती छैन । तर जनभावना समयानुकुलु हुँदा अव कुनै ठाँउमा कुरा गर्दा जनप्रतिनिधीमा म बडाध्यक्ष हुँदै उपाध्यक्ष पनि भएको हुँ । र त्यहाँका अनुभव पनि छ । विकासको सवालमा यदि कुनै ठाँउमा ऐन, कानुन नियम संगत जान पाउने हो भने केही गर्न सक्ने भावना रहेको हुँदा यदि टिकट पाएमा काम गर्ने कुरामा आपत्ती रहने । मुल्याङकनको सवालमा पनि पर्नु पर्ने हो । मेरो दाबी, आकाँक्षा, लोभ होइन ।
प्रदेशसभामा टिकट पाएर जित्नुभयो भने तपाइको एजेन्डा के हुन् ?
अहिलेसम्म स्थानिय निकायालाई हक अधिकार आउने कुरामा प्रान्तलाई पनि अधिकार छ भन्ने कुरा छ । ऐन, कानुन बनाउने कुरो छ त्यस्तौ भयो भने सवैभन्दा पहिला हाम्रो मुलुक कृषि प्रधान देश भन्छन । हुन त निती कार्यक्रम नभएकाले भिट्टा र बजारीकरण भइसकेको छ आम्दानी हुने ठाँउ पनि । यसलाई मध्यनजर गर्ने हो भने इलाम चियाको प्राथमिक्ता रहनेछ । कफिलाई पनि प्राथमिक्तामा राख्नेछु । गाइपालन, बाख्रापालन, पर्यटन, अन्य उद्योगधन्दाको कुरो छ र शिक्षालाई पनि गुणस्तरिय सुधार गर्नुछ । कतिपय बोलिरहनुभन्दा पनि काम गरेर देखिने छ । म चिया क्षेत्रमा भएकाले चिया पर्यटनलाई जोड दिने गर्छु । यदि भोली प्रदेशमा गएर ऐन कानुन बनाउनेमा पहिलो पर्यटन, चिया, नगदेवाली कृषिलाई पहिलो प्राथमिक्ता हुनेछ । यहाँका उद्योग, चन्दा कृषिलाई राम्रोसँग अघि बढाउने हो भने इलाम आफै स्वावलम्बी छ ।