Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

सडक कालोपत्रेलाई प्राथमिकता दिँदै चुलाचुली गाउँपालिका (फोटो फिचर )

सडक कालोपत्रेलाई प्राथमिकता दिँदै चुलाचुली गाउँपालिका (फोटो फिचर )

  • सन्देश सम्बाददाता
  • मंगलबार, फाल्गुन १८ २०७७


सडक कालोपत्रेलाई प्राथमिकता दिँदै चुलाचुली गाउँपालिका (फोटो फिचर )

चुलाचुली । गाउँपालिका भित्रका सडकहरुलाई स्तरउन्नती गर्दै आएको चुलाचुली गाउँपालिकाले कालोपत्रे सडकलाई प्राथमिकता दिएको छ । पालिकाको केन्द्रदेखि वडा जोड्ने र महेन्द्र राजमार्गदेखि वडासँगै पालीकाको केन्द्र जोड्ने सडकहरुलाई कालोपत्रेको प्राथमिकतामा परेका हुन् ।


गाउँपासलकाले प्राथमिकतामा राखेका सडकहरु क्रमागत रुपमा सडक कालोपत्रेको प्राथमिकता दिइँदै आएको गाउँपालिका अध्यक्ष प्रदिप चन्द्र राई बताए । गाउँपालिकाले अहिले दुई वटा सडकमा कालोपत्रेको काम धमाधम भइरहेका छन् । क्रमागत योजनाका रुपमा कालोपत्रे हुँदै सडक कालोपत्रेका लागि प्रदेश १ सरकार र चुलाचुली गाउँपालिकाको साझेदारीमा भइरहेका हुन् ।


झापाको कमल गाउँपालिकादेखि चुलाचुली गाउँपालिकाको प्रमुख प्रशासकीय भवन जोड्ने र हिमाली मार्गमा सडक कालोपत्रेको काम अहिले धमाधम हुँदै आएको प्रमुख प्रशासकिय अधिकृत काजिमान राईले बताए । गाउँ सभाले पालिका भित्रका सडक कालोपत्रे गर्दै लाने निति लिएपछि प्रदेश १ एक सरकारबाट प्राप्त बजेटमा गाउँपालिकाले थप गरि सडक कालोपत्रे हुँदै आएका हो । सडक कालोपत्रेमा अहिले प्रविधिको उपयोग अधिक मात्रामा हुँदै आएको छ ।


प्रदेश नम्बर एक सरकारको समपुरक कोष र गाउँपालिकाको लगानीमा आर्थिक वर्ष २०७५÷०७६ देखि नै पालिका भित्रका सडक कालोपत्रे हुँदै आएका हुन् । कमल गाउँपालिकादेखि चुलाचुली गाउँपालिकाको प्रशासकीय भवन जोड्ने २ हजार ८ सय मिटर सडक मध्ये गत आर्थिक वर्षमा एक हजार पाँच सय मिटर कालोपत्रे गरिएको थियो । वडा नम्बर ४ मा पर्ने सडकको चालु आर्थिक वर्षमा आठ सय मिटर कालोपत्रे गर्ने काम शुरु भएको छ । सो सडकको बाँकी ५ सय मिटर कालोपत्रेका लागि श्रोतको व्यवस्थापन गरि कालोत्रे गर्ने योजना रहेको छ ।


चुलाचुली गाउँपालिका २ स्थित हिमाली मार्गको पनि प्रदेश एक सरकारबाट प्राप्त बजेटमा गाउँपालिकाले थप गरि कालोपत्रे भइरहेको छ । हिमाली मार्गको एक हजार ४ सय मिटर सडक एक करोड ३७ लाख ७३ हजारमा कालोपत्रे भएको थियो ।

सो मार्गमा चालु आर्थिक वर्षमा आठ सय मिटर सडक कालोपत्रे गर्ने काम शुरु भएको छ । सडक कालोपत्रे गर्न प्रदेश सरकारको ६० प्रतिशत र चुलाचुली गाउँपालिकाको ४० प्रतिशत बजेट बिनियोजन भएको थियो । सडक कालोपत्रेको काम मजदूरबाट हुँदै आएपनि अहिले प्रविधिको उपयोग हुँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार