Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

बुद्ध शिक्षा सम्वन्धी गोजुकाई एवम सम्मान कार्यक्रम

बुद्ध शिक्षा सम्वन्धी गोजुकाई एवम सम्मान कार्यक्रम

  • गोविन्द लामिछाने
  • शनिबार, माघ १७ २०७७


बुद्ध शिक्षा सम्वन्धी गोजुकाई एवम सम्मान कार्यक्रम

फाकफोकथुम । इलामको फाकफोकथुम गाउँपालिकाको आमचोकमा बुद्ध शिक्षा सम्वन्धी भव्य कार्यक्रम सम्पन्न भएको छ । निचिरेन शो शु आध्यात्मिक संस्था नेपाल क्षेत्रीय कार्यालय इटहरीको आयोजनामा गोजुकाई एवम सम्मान कार्यक्रममा जापानबाट आएका बुद्धशिक्षाका अनुयायीहरूले प्रवचन दिएका थिए ।
बुद्धत्वलाई अनुशरण गर्न सकेमा आफ्नो जीवनमा आमूल परिवर्तन आउने संस्थाका नेपाल डाइरेक्टर ओकुरा कोजीले बताउनुभयो । कार्यक्रममा फाकफोकथुम गाउँपालिकाका विभिन्न वडाबाट प्रवचन सुन्न फाकफोकथुम बासीको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा संस्थाका क्षेत्रीय सचिव तथा नेपालका लिडर्स दुर्गाप्रसाद विष्टले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने डम्वरबहादुर बुढाथोकीले स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा गाउँपालिकाको तर्फबाट गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठ, उपाध्यक्ष सरस्वती राई (सरू), प्रमुख प्रशासकीय अधिकृत उमेश घिमिरेले अतिथिहरूलाई मायाको चिनो वितरण गर्नुभएको थियो भने संस्थाका तर्फबाट गापा अध्यक्ष, उपाध्यक्ष तथा विद्यालयका प्रधानाध्यापक मोतिखर पोखरेललाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार