Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

ऐतिहासीक गोर्खे बजार जोड्ने बरबोटे पान्दाम जिल सडक कालोपत्रे शुरु

ऐतिहासीक गोर्खे बजार जोड्ने बरबोटे पान्दाम जिल सडक कालोपत्रे शुरु

  • सन्देश सम्बादाता
  • शुक्रबार, माघ १६ २०७७


ऐतिहासीक गोर्खे बजार जोड्ने बरबोटे पान्दाम जिल सडक कालोपत्रे शुरु

फिक्कल । इलामको सूर्योदयन नगरपालिका १ स्थित ऐतिहासीक गोर्खे बजार जोड्ने बरबोटे पान्दाम जिल सडक कालोपत्रे शुरु भएको छ । सूर्याेदय नगरपालिका वाड नम्बर ९ बाट शुरु भएर वाड नम्बर ३ र १ ऐतिहासीक गोर्खे बजारसम्म पुग्ने सडक कालोपत्रे शुरु भएको हो । बरबोटे माने पान्दाम जिल मेहलबोटे गोर्खे सडकको कालोपत्रे गर्ने काम शुरु भएको वडा नम्बर ९ का वडा सदस्य जय राईले बताए ।


२०७४ बाट शुरु भएको सडक स्तरउन्नती र कालोपत्रे गर्ने काम शुरु भएको थियो । ११ किलोमिटर सडकमध्ये २ किलोमिटर गत आर्थिक वर्षमा स्तरउन्नती गरिएको थियो र गत आर्थिक वर्षकै ठेक्का संझौता अनुसार एक किलोमिटर सडक कालोपत्रे गरिँदै आएको भौतीक पूर्वाधार विकास समितिका संयोजक होम कार्कीले बताए । सडक कालोपत्रे गर्ने काम सोहिना कष्ट्रक्सनले जिम्मा पाएको थियो ।


बहुवर्षे योजना स्र्वीकृत भएको सडकको ३ किलोमिटर स्तरउन्नतीका लागि चालु आर्थिक वर्षमा तीन करोड ५९ लाखको ठेक्का संझौताको प्रक्रियामा रहेको छ ।

सडक स्तरउन्तीसँगै कालोपत्रे भएपनि सूर्योदय नगरपालिका वडा नम्बर एक, तीन र नौ का स्थानीयबासीलाई आवाजजावतका लागि सुविधा पुग्ने नगर प्रमुख रणबहादूर राईले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार