Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सुन्दकपुर २ को माइमझुवामा गिताङ खानेपानी आयोजनाको उद्घाटन

सुन्दकपुर २ को माइमझुवामा गिताङ खानेपानी आयोजनाको उद्घाटन

  • ध्रुब फागो
  • शनिबार, पौस १८ २०७७


सुन्दकपुर २ को माइमझुवामा गिताङ खानेपानी आयोजनाको उद्घाटन

सन्दकपुर । इलामको माईमझुवा २ को माईमझुवा खानेपानी तथा सरसफाई आयोजना अन्तरगत गिताङ खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ । प्रदेश सासंद खिनु लङ्वा लिम्बुको प्रस्तावमा प्रदेश नम्बर एक सरकारको खानेपानी डिभिजन कार्यालय पाँचथरबाट निर्माण सम्पन्न भएको हो ।
३४ लाख ५६ हजारमा निर्माण सम्पन्न भएको खानेपानी आयोजनाको प्रदेश सासंद खिनु लङ्वा लिम्बुले सनिबार एक कार्यक्रमका बिच उद्घाटन गरेकी छन् । खानेपानी आयोजनामा २७ लाख ६४ हजार आठ सय प्रदेश सरकार र ६ लाख ९१ ह्जार २ सय रुपैयाँ उपभोक्ताको खर्च भएको छ । माईमझुवा खानेपानी तथा सरसफाई आयोजनाको स्किम नम्बर ६ अन्तरगत रहेको आयोजनाबाट ५४ घर परिवार लाभान्वित भएका छन् ।
आर्थिक वर्ष २०७६÷०७७ मा निर्माण सम्पन्न भएको आयोजनाको प्रशारण लाईन तीन हजार ९ सय र बितरण लाईन ५ सय मिटर लामो रहेको छ । आयोजनाको १० घन मिटर पानी अटाउने २ वटा ट्याङ्की, सात घन मिटर अटाउन एक र ५ घन मिटर पानी अटाउने एउटा ट्याङ्की रहेको छ ।
सार्वजनीक एक, निजी ५४ र एक विद्यालयमा खानेपानीको धारा जडान गरिएको खानेपानी डिभिजन कार्यालय पाँचथरका सब–इञ्जिनियर दसरध राईले बताए । आयोजनाबाट तीन सय ५४ जनसंख्या लाभान्वित भएका छन् । खानेपानि आयोजनाको मुहान राहाङवाङ खोल्सि र लोर्के खोल्सी रहेका छन् । आयोजनाको मर्मत सम्भारको लागी ५४ हजार रुपैयाँ रहेको अध्यक्ष कल्पना राईले बताइन् ।
खनेपानी उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश सासंद खिनु लङ्वा लिम्बुले प्रदेश सरकारले सन्दकपुर गाउँपालिका भित्र सडक, विद्युत खानेपानी, शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार विकासका लागि लगानी बढाएको बताइन् । जनताका घरघरमा खानेपानी पु¥याउन प्रदेश सरकारबाट सुन्दकपुर गाउँपालिका भित्र एक सय बढी खानेपानीका स्कीम (योजना)हरु निर्माणको चरणमा रहेको सासंद लिम्बु बताइन् । क्रमागत रुपमा संचालन हुँदै आएको योजनाहरु समयमै सम्पन्न गर्न उपभोक्ताहरु नै सक्रिय हुनुपर्ने भन्दै सासंद लिम्बुले कोरोना भाइरसले जनताबाट प्रस्ताव गरिएका योजनाहरु कार्यान्वयनमा चुनौती भएपनि श्रोतले भ्याएसम्म कार्यान्वयन गर्ने प्रतिवद्धता जनाइन् ।

कार्यक्रममा खानेपानी तथा सरसफाई डिभिजन पाँचथरका प्रमुख देवनाथ सिंहले आयोजना निर्माण सम्पन्न गर्न जसरी उपभोक्ता लागि गरेका छन् मर्मत संभारमा पनी उत्तिकै सक्रिय हुनुपर्ने बताए । कार्यक्रममा सन्दकपुर २ का वडाध्यक्ष गिरिराज खनालले जनताबाट माग भएका योजनाहरु प्रदेश र संघीय सरकारबाट कार्यान्वयन हुँदै आएको र जनता आफै लागेर समयमै योजना सम्पन्न गरेकोमा गाउँपालिका परिवारले उपभोक्ता समितिको प्रसंसा गरेको बताए । उनले विकासका योजनाहरु गाउँम धेरै संचालन हुँदै आएकाले जनता कृषि र पशुपालनको व्यवसायीकरणमा लाग्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार