Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

कोरोना माहामारीका बिच पूर्वाधार निर्माणमा अब्बल इलामको चुलाचुली गाउँपालिका

कोरोना माहामारीका बिच पूर्वाधार निर्माणमा अब्बल इलामको चुलाचुली गाउँपालिका

  • सुजन तिमल्सिना
  • शुक्रबार, पौस ३ २०७७


कोरोना माहामारीका बिच पूर्वाधार निर्माणमा अब्बल इलामको चुलाचुली गाउँपालिका

चुलाचुली ।  चुलाचुली र साकफारा गाविस गाभिएर बन्यो चुलाुचली गाउँपालिका । चुलाचुली गाविसका ९ वडाबाट ५ वटा वडा बन्यो । र संङ्गो साकफारा गाविस एक वडा बन्यो । जनसंख्याका हिसावले धेरै रहेको चुलाचुली गाविसबाट ५ वटा वडा घोषणा भएपछि वडा भवन नै अभाव भयो । त्यसमा अर्को समस्या थपियो गाउँपालिकाको प्रशासनिक कार्यालय कहाँ  राख्ने र कसरी काम गर्ने ।
६ नम्बर वडा घोषणा भएको साकफारामा पुरानो गाविस भवन थियो त्यहिबाट काम चल्यो । गाउँपालिका घोषणा भएपछि प्रमुखको जिम्मेवारी पाएका गोविन्द सुवेदी भन्नुहुन्छ–‘चुलाचुली गाउँपालिका भित्र ६ वडा भएपछि पूर्वाधार अभाव खड्कियो । सुवेदीले भन्नुभयो–‘साविक गाविस सचिवबाट प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी आइपर्यो, वडाहरु थपिए कर्मचारी अभाव मात्रै भएन पूर्वाधार नभएपछि वडा कार्यालाय संचालन गर्न घर खोजिएपनि उपयुक्त घरै भेटिएन ।’

साविक चुलाचुली गाविसको भवनमा वडा नम्बर ४ को र गाउँपालिकाको प्रशासनिक काम शुरु गरियो । र बाँकी ४ वडाको अस्थायी कार्यालय भाडामा संचालन भए । यो समस्या २०७४ असार १४ मा स्थानीय तहको निर्वाचन पछि झनै समस्या भयो । सुवेदीले भन्नुभयो–‘ ५ वटा वडाको काम एक्लै गर्नुपर्यो र वडा कार्यालय स्थापनाका समस्या हुँदा एकै ठाउँबाट काम गर्नुपर्यो ।’
कर्मचारीसँगै जनप्रनिधि थपिएपछि झनै समस्या बढ्यो । शुरुका दिनमा काम कसरी र कहाँबाट शुरु गर्ने चिन्ता थियो–गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राईले भन्नुभयो–‘ सिंहदरबारको अधिकार त आएको भनियो, नारा पनि लगाइयो हामी बसेर काम गर्ने ठाउँ अभावले शुरुका दिन पिडादायक भए ।’ राईले भन्नुभयो–‘शुरुका दिनमा हामीलाई फोहोरको डङ्गुरमा बसेको महसुस भएपनि धैर्यताका साथ काम गरेपछि अहिले वडा भवनदेखि पालिकाको मुख्य प्रशासनिक भवन निर्माण सम्पन्न गरिसकेका छौँ ।’ गाउँपालिकाको नयाँ प्रशासनिक भवनको कार्यकक्षमा भेटिनुभएका अध्यक्ष राईले भन्नुभयो–‘हामीलाई यो भवनको पहिलो तलाले पुगेन,माथिल्लो तला थप्ने योजना बनाएका छौँ ।’
सिंहदरबारको अधिकार दिने भनेर चुनिएका जनप्रनिधिहरुलाई आफु बसेर काम गर्ने भवन नै भाडामा भएपछि सबैले एक स्वरले पूर्वाधार निर्माणमा जोड दिए । जनप्रतिनधिको जोडले गर्दा चुलाचुली गाउँपालिका अहिले पूर्वाधार निर्माणमा अन्य गाउँपालिका भन्दा अगाडि छ । झापासँग सीमा जोडिएको चुलाचुली गाउँपालिकाको मुख्य प्रशासनिक भवनको पहिलो तला २०७७ अशोजमा निर्माण सम्पन्न भएको थियो । २ करोड ९१ लाखमा निर्माण भएको प्रशासनिक भवनको पहिलो तलाबाटै अहिले गाउँपालिकाले सेवा प्रदान शुरु गरेको प्रमुख प्रशासनिकय अधिकृत काजिमान राईले बताउनुभयो । पूर्वाधार निर्माणको काममा जनप्रनिधिहरुमा सहमति जुटेपछि वडा भवन, स्वास्थ्य केन्द्रका भवन र प्रमुख प्रशासकीय भवन निर्माण शुरु गरिएको राईले बताउनुभयो ।स्थानीय तह घोषणा गरिएको चुलाचुली गाउँपालिकाको मुख्य प्रशासनिक भवन नै अभाव भियो । वडा भवन र प्रमुख प्रशासनिक भवन अभावले जनप्रनिधिलाई शुरुका दिनमा सेवा कसरी दिने भन्ने चिन्ताले सताउँथ्यो । ‘प्रमुख प्रशासकिय भवनको दोस्रो तला, सेमिनार हल, र घेराबाराको काम गाउँपालिकाले शुरु गरेको छ प्रमुख प्रशासकिय अधिकृत राईले भन्नुभयो–‘हामी चालु आर्थिक भरीमा सबै पूर्वाधार निर्माणको काम सक्छौ र कृषि क्षेत्रमा लगानी बढाउने योजनामा छौँ ।’
आर्थिक वर्ष २०७६÷०७७ मा निर्माणको ठेक्का संझौता भएका ४ वडा र मुख्य प्रशासनिक भवनको काम सम्पन्न भएकाले आगामि आर्थिक वर्षको बजेटबाट कृषि र रोजगारी क्षेत्रमा लगानी बढाउने गाउँपालिका उपाध्यक्ष निर्मला दाहालले बताउनुभयो । गाउँपालिकाले वडा नम्बर १, ३, ४ र ५ का भवनहरुपनि निर्माण गर्न गत आर्थिक वर्षमा निर्माण कम्पनीसँग ठेक्का संझौता गरेकोमा तीन वटा निर्माण सम्पन्न भइ संचालनमा आएका छन् । पालिका अध्यक्ष प्रदिपचन्द्र राईले भन्नुभयो–‘वडा भेला गर्ने हल सहितको वडा कार्यालयका भवनहरु निर्माण गरिएको छ ।’ चालु आर्थिक वर्षमा वडा भवनहरुको घेराबारा गर्ने काम पनि सम्पन्न हुने राईले जानकारी दिनुभयो ।
चुलाचुली गाउँपालिकामा ६ वडामा ९ वडा स्वास्थ्य केन्द्र रहेका छन् । त्यसमा तीन वटा आधारभुत स्वास्थ्य केन्द्रको भवन अभाव भएकोमा तीनै वटाको भवनहरु निर्माण सम्पन्न भइसकेका छन् । स्वास्थ्य केन्द्रहरुको भवन निर्माणले आधारभुत स्वास्थ्यबाट जनताको पहुँचमा वृद्धि भएको छ ।
गाउँपालिकाले वडा नम्बर एकको भवन ८१ लाख ९८ हजार, वडा नम्बर तीन ७८ हजार ८६ हजार, वडा नम्बर ४ ८६ लाख ७९ हजार र वडा नम्बर ५ को भवन ८० लाख १७ हजारमा ठेक्का संम्भौता भई निर्माण सम्पन्न भएका हुन् ।

गाउँपालिकाले आधारभुत स्वास्थ्य केन्द्रहरु २१÷२१ लाखको लागतमा निर्माण गरेको थियो । गाउँपालिकालाई आवश्यक पर्ने पूर्वाधारहरु गत आर्थिक वर्षको बजेटबाट निर्माण भएका छन्– प्रमुख प्रशासकिय अधिकृत काजिमान राई भन्नुभयो–‘कोरोना माहामारी र लकडाउनका बिचपनि काम नरोकिएकाले पूर्वाधारहरु समयमै निर्माण सम्पन्न भएर प्रयोगमा आएका छन् । ’ वहाँले भन्नुभयो–‘हामी अब पूर्वाधार निर्माणको काम चालु आर्थिक वर्षमा सम्पन्न गरेपछि आगामि आर्थिक वर्षको बजेटबाट कृषि क्षेत्र र आयमुलक काममा लगानी गर्ने योजना छ ।’ गाउँपालिकाले प्रमुख प्रशासकिय भवनको दोस्रो तला, कम्पाउण्ड हल र सेमिनार हल निर्माणका लागि एक करोड ७१ लाखमा निर्माण गर्न निर्माण व्यवसायीसँग संझौता गरिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार