Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

मुख्यमन्त्री राईद्वारा ज्योतिनन्दको शालिक अनावरण

मुख्यमन्त्री राईद्वारा ज्योतिनन्दको शालिक अनावरण

  • सन्देश सम्बाददाता
  • शनिबार, मंसिर २७ २०७७


मुख्यमन्त्री राईद्वारा ज्योतिनन्दको शालिक अनावरण

माङसेबुङ ।  महाप्रभु ज्योतिनन्द माङपाहाङ राईगुरुको शालिकको अनावरण प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गरेका छन् । इलामको माङसेबुङ गाउँपालिका वडा नं। २ र ६ को संगमस्थलमा अवस्थित माङमालुङमा करिव १ वर्षमा निर्मित गुरुको शालिकको शुक्रबार अनावरण गरिएको हो ।

स्थानिय सरकार माङसेबुङ गाउँपालिकाको गत आ व २०७५।०७६ को बजेटबाट जम्मा १४ लाख र अन्य सहयोगी निकायबाट प्राप्त सहयोगको लगभग ४० लाख गरी ५० लाख बढीको लागतमा निर्माण भएको शालिकको जम्मा लागत ६० देखि ७० लाख पुग्ने अनुमान गरिएको आयोजक निर्माण समिति माङमालुङ अखण्ड ज्योतिसिद्ध चारधाम संस्थाका अध्यक्ष देशवहादुर राईले वताए ।

थप लागतको लागि प्रदेश नं। १ सरकारसँग बजेट माग गरिएको छ । कार्यक्रममा बोल्दै मूख्यमन्त्री राईले शालिक निर्माण तथा माङमालुङ पर्यटन प्रवर्द्धनको लागि ३५ लाख रकम बिनियोजन गरिने प्रतिवद्धता राखेका छन् ।

महाप्रभु ज्योतिनन्द गुरुको जन्म वि स २०१४ साल मंसिर ७ गते इलामको वेतेनीमा आफ्नो मावाली गाउँमा भएको थियो। ज्योतिनन्दको आफ्नो घर भने साविक इभाङ गाउँ विकास समिति वडा नं। ४ हालको माङसेबुङ २ पावा हो । गुरु बुवा दिल वहादुर माङपाहाङ राई र आमा दिलमाया राईको कोखबाट एक मात्र छोराको रुपमा जन्मेका थिए ।

गुरुका ५ जना दिदिबहिनीहरु रहेका छन् । दिदिबहिनीहरुमध्ये ३ जना अझै जिवित रहेका छन् भने २ जनाको देहावसन भईसकेको छ । ज्योतिनन्दका एक छोरा छन् । छोरा अर्जुन माङपाहाङ समेत माङथुक्पा पुजारी रहेका छन् । गुरुको मृत्यू २०४१ साल पुष ११ गते निजी निवासमा भएको थियो ।

गुरुलाई माङमालुङ देवस्थल उजागर कर्ता ज्योती दर्शकका प्रवर्तक महाप्रभुको रुपमा चिनिन्छ । उनी खासगरी माङमालुङ धार्मिक क्षेत्रको उत्खननकर्ता मानिन्छ । प्राकृतिक रुपमा धनी माङमालुङ क्षेत्रमा वहाँले एतिहासिक उत्खनन्, पहिचान, निर्माण र संरक्षण गरी माङको स्थानको रुपमा माङमालुङलाई सर्वप्रथम चिनाएका थिए ।

गुरुले माङमालुङ क्षेत्रमा मठमन्दिर तथा मूर्तिहरुको निर्माण सुरु गरेका थिए। माङमालुङमा राई तथा किरात समुदायको उधौली उभौलीको सेवा सुरुवात समेत वहाँले गरेका थिए । वि सं २०३७ सालबाट उधौली उभौलीको सेवा सुरु गुरुले गरेका थिए । हाल मंसिरे पूर्मिमा र वैशाखे पूर्णिमा बृहत रुपमा पूजा आजा तथा सांस्कतिक कार्यक्रमहरु गरी मनाईन्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार