Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

अर्थमन्त्री इन्द्र आङ्बो मौसमद्धारा गरुवा खोलाको पुल सिलान्यस

अर्थमन्त्री इन्द्र आङ्बो मौसमद्धारा गरुवा खोलाको पुल सिलान्यस

  • तेज बहादूर घिमिरे
  • मंगलबार, मंसिर २३ २०७७


अर्थमन्त्री इन्द्र आङ्बो मौसमद्धारा गरुवा खोलाको पुल सिलान्यस

दानाबारी । इलामको माई नगरपालिका स्थित गरुवा खोलामा पक्कि पुलको सिलान्यास भएको छ । प्रदेश नम्बर एक सरकार र माई नगरपालिकाको लगानीमा निर्माण शुरु भएको पुलको प्रदेश एकका अर्थ तथा योजना मन्त्री इन्द्र आङबो मौसमले सिलान्यास गरेका छन् ।


पुल सिलान्यास कार्यक्रममा बोल्दै मन्त्री इन्द्र आङ्बो ‘मौसम’ले लामो सर्घषपछि स्थापित भएका तीन तहका सरकारले जनताको आवश्यकता पुरा गर्न विकास योजना कार्यान्वयनलाई तिब्रता दिएको बताए । विगत तीन वर्षको अवधिमा विकास निर्माणका कामलाई अघि बढाउन आधार तयार गरेकाले सरकारले जनताबाट प्रस्ताव गरिएका ७० प्रतिशत योजनाहरु कार्यान्वयनको तहमा गएको मन्त्री मौसमले बताए ।
२ करोड १८ लाखमा निर्माण सम्पन्न हुने गरुवा खोलाको पुलले माई नगरपालिकाको वडा नम्बर ३ र ४ का स्थानीयबासीलाई आवतजावतमा सहज हुनेछ । माई नगरपालिकाको धरमपुर सिंजालीटार जोड्ने सडकमा रहेको पुल दुई वर्षमा निर्माण सम्पन्न हुनेछ । कार्यक्रममा बोल्दै प्रदेश सासंद काजिमान कागतेले चुनावको समयमा बाचा गरेका योजनाहरु पुरा गर्ने क्रममा जनप्रतिनिधिहरु लगि परेको बताए । कोरोना रोगले सताएपनि स्थानीय र संघीय सरकारसँग सहकार्य गरेर प्रदेश सरकार अघि बढेकाले माहामारिकै बिचपनि चुनाव प्रचारमा बोलिएका ७० प्रतिशत योजनाहरु पुरा हुने सासंद कागतेले बताए ।

प्रदेश सरकारले थुप्रै सडक योजनाहरु बहुबर्षे आयोजनाहरुका रुपमा घोषणा गरि कार्यान्वय गरेकाले जनताले दुई वर्षपछि गाउँगाउँमा कालोपत्रे सडकमा यात्रा गर्ने सांसद कागतेको भनाइ छ । कार्यक्रममा सूर्योदय नगरपालिकाका प्रमुख रणबहादूर राईले प्राकृतिक श्रोतको धनी रहेको माई नगरपालिकाले विकासका योजनाहरुलाई तिब्र रुपमा कार्यान्वयन गरेको प्रति प्रसंसा गरे ।


माई नगरपालिका प्रमुख दिपक थेवेको अध्यक्षतामा भएको कार्यक्रममा माई नगरपालिका उप–प्रमुख बिष्णुमाया रिमालले प्रदेश सरकार र स्थानीय सरकारको लगानीमा निर्माण हुने पुल समयमै सम्पन्न हुने आसा राखेकी थिइन् । कार्यक्रमको समापन गर्दै माई नगरपालिका प्रमुख दिपक थेवेले नगरबासीका दुःखका दिनलाई अन्त्य गर्न सडक कालोपत्रेलाई प्राथमिकता दिएको, अस्पताल निर्माण शुरु गरेको र शिक्षा क्षेत्रमा सुधारका काम गरेको बताएका थिए । निर्वाचित भएपछि हालसम्म जनताका सेवामा लागि परेको र आगामि दिनमा पनि जनताका परिमार्कालाई अघि बढि सुकुम्बासि समास्या हटाई लालपुर्जा वितरणको काम पनि गरिने प्रमुख थेवेले बताए ।

माई नगरपालिका प्रशासकिय अधिकृत नविन पौडेलले संचालन गरेको पुल सिलान्यास कार्याक्रममा प्रदेश सासंद धिरेन्द्र सर्मा रमन, माई नगरपालिका प्रमुख प्रशासकिय अधिकृत बिष्णुकुमार थेगुवा लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार