Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

७ महिनादेखि बन्द रहेको सन्दकपुरमा पर्यटकको चहलपहल

७ महिनादेखि बन्द रहेको सन्दकपुरमा पर्यटकको चहलपहल

  • किरण राई
  • मंगलबार, मंसिर २ २०७७


७ महिनादेखि बन्द रहेको सन्दकपुरमा पर्यटकको चहलपहल

सन्दकपुर । प्रदेश नम्बर एकको प्रमुख पर्यटकीय गन्तव्य इलामको सन्दपुरमा पर्यटकको चहलपचहल बढेको छ । नेपाल र भारत दुवै देशले पर्यटक आवतजावत खुल्ला गरेपछि पर्यटक आवतजावतले ७ महिनासम्म व्यवसाय बन्द गरेका होटल व्यवसायीहरु केहि राहात मिलेको छ ।
७ महिनादेखि बन्द रहेको इलामको पर्यटकीय क्षेत्र सन्दकपुरमा पर्यटकको चहलपहल बढेको छ । कोरोना भाइरस फैलन नदिन सन्दकपुर पर्यटन पदमार्ग २०७६ चैत्रदेखि बन्द गरिएको थियो । नेपाल र भारत दुबै देशका प्रशासनले पर्यटक आवतजावत खुल्ला गरेपछि अहिले सन्दकपुरमा दैनिक चार सय सम्म पर्यटक पुग्दै आएको यातायात व्यवसायी पेम्बा सेर्पाले बताए ।
मानेभञ्ज्याङ्गबाट शुरु हुने सन्दकपुर पदमार्गमा पर्यटक बोक्ने ३० वटा गाडि नियमित रुपमा संचालनमा आइरहेका छन् । ७ महिनासम्म आफ्नो व्यवसाय ठप्प गरेर बसेका होटल व्यवसायी पर्यटक आवतजावत खुल्ला गरेपछि खुशि भएका छन् ।
सन्दकपुरमा अहिले नेपाल र भारतका पर्यटकहरु अत्याधिक देखिन्छन् । मौसम सफा रहेकाले हिमाली दृश्यमा रमाउन तेस्रो मुलकका पर्यटकहरु पनि सन्दकपुर पुग्ने गरेका छन् ।
प्रदेश नम्बर एकको प्रमुख पर्यटकीय गन्तव्यमा घोषित सन्दकपुर इलामको सन्दकपुर गाउँपालिका ४ मा अवस्थित छ । एकैस्थानबाट नेपाल भारत भुटान र चिनको तिब्बतका ६० बढी हिमालका चुचुरा सन्दकपुरबाट देखिन्छ ।  ३६ सय ३६ मिटरको उचाईमा रहेको सन्दकपुरबाट सुर्योदय सुर्यास्तको अवलोकनसँगै दर्जनौ प्रजातीका चराचुरुङ्गी र लोपउन्मुख वन्यजन्तुको अध्ययन गर्न सकिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार